काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
भृकुटीमण्डप/राष्ट्रिय सभागृहस्थित केन्द्रीय निर्वाचन समितिको कार्यालयमा पुगेर उनले आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् । १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मनोनयन दर्ताका क्रममा उनले महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।
पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउने र सांगठनिक सुदृढीकरण गर्ने प्रतिबद्धतासहित उनले महामन्त्रीमा दाबी पेस गरेका हुन्। कांग्रेसको १५औँ महाधिवेशनमार्फत चयन हुने नयाँ कार्यसमितिका लागि देशभरबाट आएका ७ हजार १ सय १४ जना महाधिवेशन प्रतिनिधिले मतदान प्रक्रियामा सहभागिता जनाउनेछन् ।














प्रतिक्रिया