रसुवा बाढीपछि नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा खुम्चिने विश्व बैंकको प्रक्षेपण « Khabarhub

रसुवा बाढीपछि नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा खुम्चिने विश्व बैंकको प्रक्षेपण


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत भदौ मा गएको विनाशकारी रसुवा बाढीका कारण चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा आएको अवरोधले आर्थिक वृद्धिमा मन्दी आउने प्रतिवेदनमा उल्लेख छ ।

विश्व बैंकले मंगलबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट : बिल्डिङ क्याक डिफ्रेन्टली फर द फ्युचर’ प्रतिवेदन अनुसार, विपद्पछिको पुनर्निर्माण र पुनरुत्थानका कार्यहरूले तीव्रता पाएसँगै आगामी आर्थिक वर्षमा भने नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

प्रतिवेदन अनुसार जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण लाइन तथा यातायात पूर्वाधारमा व्यापक क्षति पुगेकाले उद्योग क्षेत्रको वृद्धिमा मुख्य गिरावट आउनेछ । यसका कारण विद्युत् उत्पादन र वस्तुहरूको ओसारपसार नियन्त्रित हुनेछ । 

यसैगरी व्यापार, यातायात, पर्यटन र वित्तीय क्षेत्रमा आएको अवरोधका कारण सेवा क्षेत्र प्रभावित हुने देखिएको छ । कृषि क्षेत्रको कुल उत्पादनमा सीमित असर परे पनि प्रभावित क्षेत्रका बासिन्दाको जीविकोपार्जनमा ठूलो असर पुग्ने प्रतिवेदनले औंल्याएको छ ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका डिभिजन निर्देशक डेभिड सिसलेनले रसुवा बाढीले ठूलो मानवीय र आर्थिक क्षति पुर्‍याएको बताएका छन् । जलवायु परिवर्तन र बढ्दो जोखिमलाई ध्यानमा राख्दै नेपालका लागि यातायात, ऊर्जा, खानेपानी, सरसफाइ, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत पूर्वाधारको योजना तथा लगानीमा उत्थानशीलतालाई प्राथमिकता दिने यो एउटा अवसर भएको उनको भनाइ छ । 

नेपाललाई थप उत्थानशील र दिगो विकासको बाटोमा लैजान आवश्यक लगानी र नीतिगत सुधारमा सहयोग गर्न विश्व बैंक तयार रहेको पनि उनले बताएका छन् ।

राहत वितरणबाट पुनर्निर्माणको चरणमा प्रवेश गर्दा क्षतिग्रस्त संरचनाको मर्मतमा मात्र सीमित नभई बहु-जोखिम मूल्यांकन, पूर्वाधारको उपयुक्त स्थान र डिजाइनका साथै यातायात, ऊर्जा र सञ्चार सञ्जालमा थप पूर्वतयारी अपनाउन प्रतिवेदनले सुझाव दिएको छ । यसका साथै विपद्का बेला जोखिममा परेका घरपरिवारलाई द्रुत गतिमा सहायता उपलब्ध गराउन पूर्वसूचना प्रणाली सुदृढ गर्न र एकीकृत सामाजिक सुरक्षा प्रणाली स्थापना गर्न आवश्यक रहेको बताइएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  २ : ४५ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४