रसुवा बाढीपछि नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा खुम्चिने विश्व बैंकको प्रक्षेपण « Khabarhub

रसुवा बाढीपछि नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा खुम्चिने विश्व बैंकको प्रक्षेपण


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत भदौ मा गएको विनाशकारी रसुवा बाढीका कारण चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा आएको अवरोधले आर्थिक वृद्धिमा मन्दी आउने प्रतिवेदनमा उल्लेख छ ।

विश्व बैंकले मंगलबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट : बिल्डिङ क्याक डिफ्रेन्टली फर द फ्युचर’ प्रतिवेदन अनुसार, विपद्पछिको पुनर्निर्माण र पुनरुत्थानका कार्यहरूले तीव्रता पाएसँगै आगामी आर्थिक वर्षमा भने नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

प्रतिवेदन अनुसार जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण लाइन तथा यातायात पूर्वाधारमा व्यापक क्षति पुगेकाले उद्योग क्षेत्रको वृद्धिमा मुख्य गिरावट आउनेछ । यसका कारण विद्युत् उत्पादन र वस्तुहरूको ओसारपसार नियन्त्रित हुनेछ । 

यसैगरी व्यापार, यातायात, पर्यटन र वित्तीय क्षेत्रमा आएको अवरोधका कारण सेवा क्षेत्र प्रभावित हुने देखिएको छ । कृषि क्षेत्रको कुल उत्पादनमा सीमित असर परे पनि प्रभावित क्षेत्रका बासिन्दाको जीविकोपार्जनमा ठूलो असर पुग्ने प्रतिवेदनले औंल्याएको छ ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका डिभिजन निर्देशक डेभिड सिसलेनले रसुवा बाढीले ठूलो मानवीय र आर्थिक क्षति पुर्‍याएको बताएका छन् । जलवायु परिवर्तन र बढ्दो जोखिमलाई ध्यानमा राख्दै नेपालका लागि यातायात, ऊर्जा, खानेपानी, सरसफाइ, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत पूर्वाधारको योजना तथा लगानीमा उत्थानशीलतालाई प्राथमिकता दिने यो एउटा अवसर भएको उनको भनाइ छ । 

नेपाललाई थप उत्थानशील र दिगो विकासको बाटोमा लैजान आवश्यक लगानी र नीतिगत सुधारमा सहयोग गर्न विश्व बैंक तयार रहेको पनि उनले बताएका छन् ।

राहत वितरणबाट पुनर्निर्माणको चरणमा प्रवेश गर्दा क्षतिग्रस्त संरचनाको मर्मतमा मात्र सीमित नभई बहु-जोखिम मूल्यांकन, पूर्वाधारको उपयुक्त स्थान र डिजाइनका साथै यातायात, ऊर्जा र सञ्चार सञ्जालमा थप पूर्वतयारी अपनाउन प्रतिवेदनले सुझाव दिएको छ । यसका साथै विपद्का बेला जोखिममा परेका घरपरिवारलाई द्रुत गतिमा सहायता उपलब्ध गराउन पूर्वसूचना प्रणाली सुदृढ गर्न र एकीकृत सामाजिक सुरक्षा प्रणाली स्थापना गर्न आवश्यक रहेको बताइएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  २ : ४५ बजे

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न

गुरु घिमिरेले पनि गराए महामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विशेष महाधिवेशनबाट महामन्त्री बनेका गुरु