कुमारी बैंक र महिला उद्यमी महासंघ नेपालबीच साझेदारी « Khabarhub

कुमारी बैंक र महिला उद्यमी महासंघ नेपालबीच साझेदारी


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंक लिमिटेडले आफ्ना उत्पादन, जनशक्ति तथा रणनीतिक साझेदारीमार्फत दिगोपनप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै महिला उद्यमी महासंघ नेपालसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । 

यस साझेदारीको उद्देश्य महिलाको आर्थिक सशक्तीकरण, दिगो वित्त, उद्यम विकास तथा व्यावसायिक उत्थानशीलता प्रवर्द्धन गर्नु रहेको बैंकले जनाएको छ ।

सम्झौता पत्रमा कुमारी बैंक लिमिटेडका प्रमुख लगानी तथा बजार अधिकृत चन्दन कार्की र महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

बैंकका अनुसार यो साझेदारी महिला नेतृत्वका व्यवसाय तथा उद्यमका लागि आवश्यक सहयोगी पारिस्थितिक प्रणालीलाई थप सुदृढ बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा रहेको छ । साझेदारीअन्तर्गत महिला उद्यमीहरूको जिम्मेवार वित्तमा पहुँच, उद्यम विकास, दिगो तथा जलवायु उत्थानशील लगानी, डिजिटल समाधान, बजारका अवसर तथा मूल्य शृङ्खलासँगको आबद्धता विस्तारमा विशेष ध्यान दिइनेछ ।

कुमारी बैंक लिमिटेडका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले उक्त साझेदारीले समावेशी तथा दिगो वित्त प्रवर्द्धन गर्दै महिला उद्यमीहरूको वित्त, बजार तथा ज्ञानमा पहुँच विस्तार गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताए । 

उनले महिला उद्यमी महासंघ नेपालको सशक्त सञ्जाल र कुमारी बैंकको दिगो बैंकिङ्ग क्षमतालाई एकीकृत गर्दै महिला नेतृत्वका व्यवसायलाई थप वित्तीय रूपमा सक्षम, उत्थानशील र वृद्धि–उन्मुख बनाउन सहयोग गर्ने लक्ष्य रहेको उल्लेख गरे । 

साथै, आर्थिक अवसरमा लैङ्गिक समानता प्रवर्द्धन गर्दै थप उत्थानशील, समावेशी र दिगो अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याउने उद्देश्यका साथ यो सहकार्य अघि बढाइएको उनको भनाइ थियो ।

यस सहकार्यअन्तर्गत संयुक्त सिकाइ, प्रभाव मापन तथा सरोकारवालासँगको संलग्नताका लागि आवश्यक संयन्त्रहरू समेत विकास गरिनेछ । उद्यम वृद्धि, वित्तमा पहुँच, व्यावसायिक उत्थानशीलता, रोजगारी सिर्जना तथा दिगो व्यवसायिक अभ्यासलाई यस पहलका प्रमुख क्षेत्रका रूपमा अघि बढाइनेछ ।  

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  २ : ४७ बजे

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न