दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो « Khabarhub

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी दोलखाका ६४ जनाको मृत्यु भएको छ। जिल्लाका नौवटै स्थानीय तहका नागरिक बाढी, पहिरो र हिमपहिरोलगायत विपद्का घटनामा परी मृत्यु तथा बेपत्ता भएका हुन्।

जिल्ला प्रशासन कार्यालय दोलखाबाट प्राप्त विवरणअनुसार सबैभन्दा बढी गौरीशंकर गाउँपालिकाका ११ जनाले ज्यान गुमाएका छन्। तीमध्ये आठ जनाको रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएको हो। दुई जनाको हिमपहिरो र एक जनाको स्थानीय टासिनाम पहिरोमा परी मृत्यु भएको प्रशासनले जनाएको छ।

त्यस्तै, भीमेश्वर नगरपालिकाका १० जनाको रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएको छ। बाढीमा बेपत्ता भएको झन्डै दुई महिना बितिसक्दा पनि उनीहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन नसकेपछि परिवारले अन्तिम संस्कारसमेत गरिसकेका छन्।

भोटेकोशी बाढीमा परी कालिञ्चोक गाउँपालिकाका आठ, जिरी नगरपालिकाका आठ र बैतेश्वर गाउँपालिकाका सात जनाले ज्यान गुमाएका छन्। त्यस्तै मेलुङ गाउँपालिकाका छ, शैलुङ गाउँपालिकाका पाँच तथा बिगु र तामाकोशी गाउँपालिकाका चार/चार जनाको पनि बाढीमा परी मृत्यु भएको विवरण छ।

गत भदौ १० गते बिहान रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा दोलखाका ६१ जना एकैपटक बेपत्ता भएका थिए। बाढीमा जिल्लाका विभिन्न स्थानीय तहका नागरिक प्रभावित भएका थिए। लामो समयसम्म खोजी तथा उद्धारको प्रयास जारी रहे पनि बेपत्ता भएकामध्ये धेरैको अवस्था अझै अज्ञात रहेको छ।

यसै अवधिमा गौरीशंकर गाउँपालिकाका किलि पेम्बा शेर्पा र पदम तामाङको हिमपहिरोमा परी मृत्यु भएको थियो। चस्मान तामाङ भने स्थानीय पहिरोमा परी बेपत्ता भएका थिए।

पछिल्लो दुई महिनामा भएका यी घटनाले दोलखासहित हिमाली तथा पहाडी जिल्लामा बाढी, पहिरो र हिमपहिरोजस्ता प्राकृतिक विपद्को जोखिम र मानवीय क्षति गम्भीर बन्दै गएको देखाएको छ। विपद्का कारण परिवारले आफन्त गुमाउनुका साथै लामो समयसम्म बेपत्ताको अवस्था सामना गर्नुपरेको छ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  २ : ५२ बजे

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न