प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश « Khabarhub

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई पर्सा जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।

उनीविरूद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतमा दर्ता भएको थियो।

सोही मुद्दामा मंगलबार पर्सा जिल्ला अदालतको न्यायाधीश देवीकुमारी चौधरीको इजलासले शर्मालाई २ लाख धरौटीमा छाड्ने आदेश दिएको हो।

शर्मा सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदा अञ्जली इन्टरनेशनलकी प्रोप्राइटर निर्मला देवीले व्यवसाय विस्तारको लागि माग गरेको कर्जा स्वीकृत गरी जग्गा धितो बन्धकसमेत राखेर कर्जा भने उपलब्ध नगराएको भन्दै निर्मला देवीले शर्मासहित सनराइज बैंकका अन्य ४ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेकी थिइन्।

निर्मला देवीले वीरगञ्ज महानगरपालिका–१६ मा अञ्जली इन्टरनेशनल सञ्चालन गर्दै भवन निर्माण सामग्री तथा हार्डवेयरको कारोबार गर्दै आएकी थिइन्। उनको व्यवसाय विस्तारका लागि थप कर्जा आवश्यक भएपछि २०८० वैशाख ५ गते ३ करोड ८९ लाख ९४ हजार रुपैयाँ कर्जा स्वीकृत गराउने प्रक्रिया अघि बढाइएको थियो।

कर्जा प्रक्रियाका क्रममा निर्मलाका छोरा सुनिल कुमार साह तेलीको नाममा रहेको बारा जिल्लाको साविक अमाव गाविस–५ स्थित कित्ता नम्बर २९९ को ६ धुर जग्गा ८९ लाख रुपैयाँ बराबरको मूल्यांकनमा धितोबन्धक राखिएको थियो।

तर, धितो पारित भई कर्जा स्वीकृत भए पनि स्वीकृत रकम निर्मला वा अञ्जली इन्टरनेशनलको खातामा जम्मा नभएको जाहेरीमा उल्लेख छ। रकम निकासा गरिदिन पटक–पटक अनुरोध गर्दा पनि झुटा आश्वासन दिँदै प्रतिवादीहरू सम्पर्कविहीन भएको र आपसमा मिलेमतो गरी रकम व्यक्तिगत लाभमा प्रयोग गरेको आरोप जाहेरीमा लगाइएको छ।

अदालतमा बयानका क्रममा सुमन शर्माले आफूले जाहेरवालीलाई नचिनेको र कर्जा दिने वा धितो राख्ने सम्बन्धमा कुनै निर्णय नगरेको दाबी गरेका थिए। उनले आफूले ठगी तथा आपराधिक विश्वासघात नगरेको भन्दै आरोप अस्वीकार गरेका थिए।

तर, मिसिलमा संलग्न जाहेरी दरखास्त, घटना विवरण कागज, मालपोत कार्यालय कलैयाको धितोबन्धक लिखत तथा बैंकबाट प्राप्त पत्रलगायत प्रमाणबाट तत्कालै शर्मालाई निर्दोष भन्न सकिने अवस्था नरहेको अदालतले ठहर गरेको छ।

थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई २ लाख रुपैयाँ धरौटी माग गरी तारेखमा राख्ने र धरौटी नबुझाए थुनामा पठाउने आदेश अदालतले गरेको हो।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ८ : ४३ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध