एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम-कर्णाली र चितवन-पोखरा भिड्दै « Khabarhub

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम-कर्णाली र चितवन-पोखरा भिड्दै


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

दिउँसो १२ः३० बजे सुरु हुने खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछन्। चार खेल खेलेको सुदूरपश्चिमले दुई जित र दुई हार बेहोरेको छ। पाँचौँ खेल खेल्न लागेको सुदूरपश्चिमलाई प्लेअफ यात्रालाई बलियो बनाउन आजको खेल जित्नुपर्ने दबाब छ।

यता तीन खेल खेलेको कर्णाली याक्सले एक जित र दुई हार बेहोर्दै चार अंक जोडेको छ। चौथो खेल खेल्न लागेको कर्णाली पनि जित निकाल्दै अंक तालिकामा आफ्नो स्थिति सुधार गर्ने योजनामा हुनेछ।

आजै साँझ ५ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।

तीन खेल खेलेको चितवनले एक जित, एक हार र एक खेलमा अंक बाँडेको छ। तीन अंकसहित तालिकाको पुछारबाट तेस्रो स्थानमा रहेको चितवनलाई पनि आजको खेल महत्त्वपूर्ण छ। जित निकाल्दै टोली अंक तालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छ।

अर्कोतर्फ पोखरा एभेन्जर्स भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। यसअघि खेलेका खेलमा अपेक्षित नतिजा निकाल्न नसकेको पोखरा आज चितवनलाई हराउँदै जितको खाता खोल्ने लक्ष्यमा हुनेछ।

आजका दुवै खेलले अंक तालिकाको समीकरणमा प्रभाव पार्ने भएकाले टोलीहरूका लागि जित महत्त्वपूर्ण हुनेछ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ५ : ५३ बजे

युरोपमा एक दर्जनभन्दा बढी विमानमा बमको धम्की, कैयौँ उडान आकस्मिक अवतरण

एजेन्सी –  युरोपका विभिन्न देशमा बिहीबार एक दर्जनभन्दा बढी विमानमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा, ८० प्रतिशत काम सम्पन्न

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

बाढीले मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा २० करोडको क्षति, निर्माण ठप्प

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ६६ दशमलव तीन मेगावाट क्षमताको

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम-कर्णाली र चितवन-पोखरा भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल