यु-१९ एसिया कप : नेपाल आज भारतसँग भिड्दै « Khabarhub

यु-१९ एसिया कप : नेपाल आज भारतसँग भिड्दै


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले शुक्रबार आफ्नो पहिलो खेलमा साविक विजेता भारतसँग प्रतिस्पर्धा गर्दैछ।

ओमानको अल अमरातस्थित क्रिकेट मैदानमा हुने नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार बिहान १०ः४५ बजे सुरु हुनेछ। दुवै टोली प्रतियोगिताको पहिलो खेल जित्दै सुखद सुरुआत गर्ने लक्ष्यसहित मैदान उत्रनेछन्।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमै बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्न लागेको हो। यस समूहमा नेपाल र भारतसँगै पाकिस्तान तथा संयुक्त अरब इमिरेट्स (यूएई) पनि छन्।

टेस्ट राष्ट्र भारतविरुद्धको खेल नेपालका लागि चुनौतीपूर्ण भए पनि आफ्नो क्षमता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसर हुनेछ। प्रतियोगिताको नकआउट चरणमा स्थान बनाउन नेपालले समूह चरणका सबै खेलमा राम्रो प्रदर्शन गर्नुपर्नेछ। नेपालले समूह चरणमा यूएई र पाकिस्तानसँग पनि प्रतिस्पर्धा गर्नेछ।

यसैबीच, समूह ‘बी’ मा श्रीलङ्का र अफगानिस्तानले पहिलो खेल जित्दै समान २ अंक जोडिसकेका छन्। दुवै टोली समूहको शीर्ष स्थानमा छन्। पहिलो खेलमा पराजित भएका बङ्गलादेश र मलेसिया भने अंकविहीन छन्।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ७ : ५१ बजे

फूलैफूलको मौसम तिमीलाई…

गण्डकी– फूलैफूलको पर्व तिहार ढोकैमा आइपुगेको छ । यही छेकोमा

हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन

भोजपुर– पुर्खौँदेखि चलिआएको परम्परागत ‘फेरी’ लगाउने पेसा लोप हुने अवस्थामा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

खोटाङ– सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाले जिल्ला

यु-१९ एसिया कप : नेपाल आज भारतसँग भिड्दै

काठमाडौँ– एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले शुक्रबार आफ्नो

विद्युत् प्राधिकरणका विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि खुला