कर्णालीका डेभिड मिलरको अर्धशतक पूरा « Khabarhub

कर्णालीका डेभिड मिलरको अर्धशतक पूरा


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा शुक्रबारको पहिलो खेलमा अहिले सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अहिले सुदूरपश्चिमले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याउँदै कर्णालीले जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलमा कर्णालीका डेभिड मिलरको अर्धशतक पूरा भएको छ । खेलको १५ ओभर ६ बलमा अविनाश बोहराको बलमा एक रन लिँदै मिलरले अर्धशतक पूरा गरेका हुन् ।

यसअघि टस जितेर कर्णालीले पहिला फिल्ड रोजेपछि ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १७६ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ओपनर शैफ जैबले सर्वाधिक ३५ रन जोडे । उनले एक छक्का र चार चौका प्रहार गरे । अर्का ओपनर विनोद भण्डारीले २२ बलमा २७ रन जोड्दा दुई चौका र दुई छक्का हिर्काए ।

त्यसैगरी ब्रान्डन म्याकमलेनले २४, इशान पाण्डे २३, कप्तान दीपेन्द्रसिंह ऐरी १०, आरिफ शेख ११ रन बनाएर आउट भए । उसका लागि थरिन्दु रत्नायकेले नटआउट २२ रन बनाउँदा स्कट कुगेलेनले नटआउट १३ रन थपे ।

सुदूरपश्चिमलाई सस्तैमा रोक्न कर्णालीका लागि मार्क वाटले दुई विकेट हात पार्दा नन्दन यादव, सुहेन तलात र सूर्य तामाङले एकएक विकेट लिए ।

तीन खेलमा दुई जित र एक हारको सामना गरेको कर्णाली चार अंकसहित तालिकाको तेस्रो स्थानमा छ । यता चार खेलमा दुई हार र दुई जित निकालेको सुदुरपश्चिम समान चार अंक भए पनि रनरेटका आधारमा तालिकाको छैटाैँ स्थानमा छ ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ३ : ५५ बजे

डब्ल्यूटीएम २०२६ : वेलनेसदेखि दिगो पर्यटनसम्मको प्रवर्द्धन, विश्वका पर्यटकलाई नेपाल भ्रमणको आग्रह

काठमाडौं–  बेलायतको लन्डनमा आयोजित विश्वकै प्रमुख अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला

खेर गयो मिलरको विष्फोटक इनिङ, कर्णालीमाथि सुदूरपश्चिमको सहज जित (तस्बिरहरु)

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध

मनाइयो धनतेरस पर्व 

काठमाडौं– कार्तिक कृष्ण त्रयोदशी अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहारको

डेभिड मिलरको शानदार ब्याटिङका बावजुद सुदूरपश्चिमसँग कर्णाली पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध

कर्णालीका डेभिड मिलरको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा शुक्रबारको पहिलो खेलमा अहिले सुदूरपश्चिम