काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्स ३९ रनले विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सुदूरपश्चिम रोयल्सले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३७ रनमा समेटियो ।
कर्णालीका लागि डेभिड मिलरले सर्वाधिक ९४ रन बनाए । ५५ बलको सामना गरेका उनले ५ चौका र ७ छक्का प्रहार गरे ।
त्यसैगरी, दीपक डुम्रेले १२ बलमा १८ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।
बलिङतर्फ स्कट कुगेलाइनले दुई तथा हेमन्त धामी, अनिल खरेल, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी, थरिन्दु रत्नायकेले समान एक विकेट लिए ।
यसअघि कर्णालीले टस जितेर पहिला फिल्ड रोजेपछि ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १७६ रन बनायो ।
सुदूरपश्चिमका लागि ओपनर शैफ जेभले सर्वाधिक ३५ रन जोडे । उनले एक छक्का र चार चौका प्रहार गरे । अर्का ओपनर विनोद भण्डारीले २२ बलमा २७ रन जोड्दा दुई चौका र दुई छक्का हिर्काए । त्यसैगरी ब्रान्डन म्याकमलेनले २४, इशान पाण्डे २३, कप्तान दीपेन्द्रसिंह ऐरी १०, आरिफ शेख ११ रन बनाएर आउट भए । उसका लागि थरिन्दु रत्नायकेले नटआउट २२ रन बनाउँदा स्कट कुगेलेनले नटआउट १३ रन थपे ।
सुदूरपश्चिमलाई सस्तैमा रोक्न कर्णालीका लागि मार्क वाटले दुई विकेट हात पार्दा नन्दन यादव, सुहेन तलात र सूर्य तामाङले एकएक विकेट लिए सुदूरपश्चिमका लागि ओपनर शैफ जैबले सर्वाधिक ३५ रन जोडे । उनले एक छक्का र चार चौका प्रहार गरे । अर्का ओपनर विनोद भण्डारीले २२ बलमा २७ रन जोड्दा दुई चौका र दुई छक्का हिर्काए ।
त्यसैगरी ब्रान्डन म्याकमलेनले २४, इशान पाण्डे २३, कप्तान दीपेन्द्रसिंह ऐरी १०, आरिफ शेख ११ रन बनाएर आउट भए । उसका लागि थरिन्दु रत्नायकेले नटआउट २२ रन बनाउँदा स्कट कुगेलेनले नटआउट १३ रन थपे ।
सुदूरपश्चिमलाई सस्तैमा रोक्न कर्णालीका लागि मार्क वाटले दुई विकेट हात पार्दा नन्दन यादव, सुहेन तलात र सूर्य तामाङले एकएक विकेट लिए ।














प्रतिक्रिया