काठमाडौं- एसीसी यू-१९ एशिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । ओमनको अल अमेरात मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १ सय २९ रनको लक्ष्य भारतले १९ ओभर १ बलमा कुनै विकेट नगुमाई भेट्टायो ।
भारतका लागि आर्यवीर सहवागले ५२ बलमा ७० रन बनाए । यस क्रममा उनले ७ चौका र ४ छक्का प्रहार गरे । त्यसैगरी, लक्ष्य रैचन्दानीले ६३ बलमा ५३ रन बनाए ।
यसअघि भारतले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले ४२ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय २८ रन बनायो ।
नेपालका दर्श सोनारले सर्वाधिक ४३ रन बनाए । ९३ बलको सामना गरेका उनले एक चौका र एक छक्का प्रहार गरे । त्यसैगरी, आशिष लुहारले २९ र निरजकुमार यादवले २० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।
बलिङतर्फ भारतका ईशान सुद र अर्जुन राजपुतले समान तीन विकेट लिए । यशवीर गौडले दुई तथा मनल चौहान र काव्य परेश पटेलले समान एक विकेट लिए ।
अब अर्को खेलमा नेपालले आइतबार यूएईको सामना गर्नेछ ।














प्रतिक्रिया