आज २०८२ साल पुस २२ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस २२ गते मंगलबारको राशिफल


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस २२ गते मंगलबार तदनुसार सन् २०२६ जनवरी ६ तारिख । माघ कृष्ण पक्षको तृतीया तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन सामान्य छ । अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्नु राम्रो हुनेछ । विदेशको रमझमले मन आकर्षित गर्नेछ । विदेशमा लगानी गरेको भए फाइदा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

वृष : आम्दानी हुनेछ । विवाद गर्दा घाटा हुनेछ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर हुनेछ । काम गर्नु अगाडि सोचेर सुरुवात गर्नुहोला ।

मिथुन : दिन सामान्य छ । इज्जत जोगाउनका लागि धन खर्च गर्नुपर्नेछ । साथीभाइबाट असहयोग हुने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कर्कट : साथीले सहयोग गर्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । धार्मिक व्यक्तिबाट भने सहयोग हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।

सिंह : आम्दानी हुनेछ । मिष्ठान्न भोजनको योग परेको छ । कतै घुमफिरको योजना बन्न सक्छ । पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : आज बोलीमा सरस्वतीको बास छ । आफन्तले भन्दा बाहिरका व्यक्तिले प्रशंसा गर्नेछन् । स्वास्थ्यमा सचेत बन्नुपर्ने समय छ । पुरानो रोगले सताउने छ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

तुला : तपाईंको बोलीले अरुलाई फाइदा हुनेछ । बोल्दा विवेक पुर्याउनु पर्ने दिन छ । सरकारी कर्मचारी भए बढुवा हुनेछ । शिक्षामा समस्या देखिए पनि परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

वृश्चिक : भाग्यको उदय हुनेछ । आजको निर्णयले दीर्घकालसम्म काम दिनेछ । निर्णय गर्दा गम्भीर बन्नुपर्ने समय छ । शनिदेवको प्रभावलाई रोक्न बिहान पिपलको दर्शन गर्नु राम्रो हुनेछ । शिक्षामा गरेको प्रयासले बौद्धिक व्यक्तिसँग भेट हुनेछ । आम्दानीका दृष्टिले दिन सहज छ ।

धनु : विश्वास गरेका साथीबाट असहयोग हुने भएकाले गोपनीयता भंग नगर्नु राम्रो हुनेछ । साना कुराले मन अशान्त बन्नसक्छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

मकर : सञ्चित धन खर्च हुनेछ । दाजुभाइसँग गरेको सहकार्यबाट फाइदा हुनेछ । पठनपाठनमा मन जानेछ । स्वास्थ्यमा समस्या हुने भएकाले सचेत बन्नुपर्ने समय छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ : मन अशान्त बन्नेछ । साना कुरामा झन्झट बढ्नेछ । रोगबाट बच्न सचेत बन्नुपर्नेछ । शत्रु कमजोर भएकाले तपाईंको महत्त्वपूर्ण काम बन्नेछ ।

मीन : मन शान्त बन्नेछ । व्यवहार गर्दा विवेक प्रयोग गर्नुपर्नेछ । शिक्षामा घाटा हुनेछ । बोली र व्यवहारमा एकरुपता हुनसके दिन सहज बन्नेछ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ५ : १२ बजे

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी सुरु

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही

पहिलो पटक निर्वाचनमा होमिएको माओवादीले सार्वजनिक गर्‍यो घोषणापत्र

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक स्थिति

नेप्से परिसूचक १९ अङ्कले घट्यो

काठमाडौं– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायो सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

रास्वपाले फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चुनावी घोषणापत्र