काठमाडौं – भारत र श्रीलंकामा हुने सन् २०२६ आईसीसी पुरुष टी–२० विश्वकपमा लगाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) र आधिकारिक किट पार्टनर ‘टी१० स्पोर्ट्स्’ को सहकार्यमा जर्सी सोमबार सार्वजनिक गरिएको हो ।
जर्सी सार्वजनिक भएसँगै क्यानले जर्सीको मूल्यसमेत सार्वजनिक गरेको छ । देशभरका भाटभटेनी सुपरमार्केटमा उपलब्ध हुनेछ । क्यानले सार्वजनिक गरेको प्लेयर इडिसनको जर्सीको मूल्य ३४९९ रुपैयाँ रहेको छ ।
त्यसैगरी रेप्लिका इडिसन र फ्यान इडिसन भनेर क्यानले फरकफरक मूल्य राखेको छ । रेप्लिका इडिसनको मूल्य १५९९ तोकिएको छ भने फ्यान इडिसनको मूल्य ७९९ रहेको छ ।

२०२६ को विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुँदैछ । नेपालले तेस्रोपटक टी–२० विश्वकप खेल्दैछ। अहिले विश्वपको ट्रफी टुर नेपाल आइपुगेको छ ।













प्रतिक्रिया