बजेट अभावले ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ को काम रोकियो « Khabarhub

बजेट अभावले ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ को काम रोकियो


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बलेवा– बजेट अभावमा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत बागलुङमा निर्माणाधीन दुई सडकको काम अलपत्र परेको छ । 

बागलुङको क्षेत्र नं १ अन्तर्गत अदालत चौपारीदेखि सिगाना हुँदै बरेङ जोड्ने सडक र क्षेत्र नं २ अन्तर्गत गलकोटको हरिचौरदेखि मल्म हुँदै पाण्डवखानी जोड्ने सडकको काम अलपत्र परेको हो ।

अदालत चौपारीदेखि सिगाना–बरेङ जोड्ने सडकको काम सिगानाको वडा कार्यालयमा पुगेर रोकिएको थियो । 

उक्त खण्ड निर्माण गरिरहेको ठेकेदारले समयमा भुक्तानी नपाएपछि काम अलपत्र थियो । डेढ वर्ष रोकिएर गत वर्ष निर्माण सम्पन्न भएको छ ।
 
सदरमुकाम बागलुङ बजारदेखि १० किमी खण्डमा काम गरेको निर्माण कम्पनीले भुक्तानी पाएर फर्किएको छ । 

वडा कार्यालयदेखिको खण्ड निर्माणका लागि राज्यले ठेक्कासमेत लगाउन सकेको छैन । बजेट अभावले भएका योजनासमेत फिर्ता गरेको सरकारले रणनीतिक सडक कहिले पूरा गर्ने भन्ने यकिन गरेको छैन ।
 
त्यसैगरी, निर्वाचन क्षेत्र नं २ अन्तर्गतको हरिचौरदेखि मल्म हुँदै पाण्डवखानी जोड्ने सडकको पहिलो खण्डको ठेक्कासमेत पूरा हुन सकेको छैन । 

अहिले केही काम भएको देखिए पनि पूरा हुने÷नहुनेमा स्थानीय विश्वस्त हुन सकेका छैनन् । यो सडकको म्याद थप भएपछि मात्र ठेकेदार कम्पनीले आठ किमी सडकखण्डमा काम थालेको छ ।
 
तोकिएको समयमा २५ प्रतिशत मात्र काम गरेको ठेकेदार कम्पनीले अहिले भने पाँच किमी सडक कालोपत्र गर्ने लक्ष्य राखेको छ । 

केही समयअघिदेखि नै काम थालेर ७० प्रतिशत भौतिक प्रगति गरेको वल्र्ड वाइडर पूर्ण संयुक्त निर्माण कम्पनीले जनाएको छ । कम्पनीले अप्ठ्यारोमा ढलान गरेको छभने सहज खण्डमा कालोपत्र गर्ने तयारी थालेको छ ।
 
यसअघि समयमा रकम भुक्तानी नपाउँदा ठेकेदारले काम छाडेर हिँडेका थिए । काम गरेको साढे तीन करोड भुक्तानी नपाएपछि ठेकेदारले अघिल्लो वर्ष काम छाडेपछि म्याद सकिएको थियो । 

म्याद थपसँगै रकम पाउने प्रतिबद्वतापछि काम सुरु भएको हो । इन्जिनियर सागर भण्डारीले आगामी वैशाखसम्म काम सक्ने योजना रहेको बताए । विसं २०७९ को भदौमा यो सडकको रु २५ करोड २० लाखमा ठेक्का सम्झौता भएको थियो ।

यस्तै, कुश्मीसेरा–बरेङ जोड्ने रणनीतिक सडकमा पनि ठेकेदारले काम अलपत्र छाडेपछि स्थनीय चिन्तित थिए । 

उपभोक्ताले सङ्घर्ष समिति बनाएर मुख्यमन्त्रीलाई आग्रह गरेपछि बजेटको सुनिश्चितता भएको थियो । 

अहिले काम सुरु भएको यो सडकको नाम्दुकदेखि बरेङसम्म कालोपत्र भइसकेको छभने कुश्मीसेरादेखि राङखानीसम्म गर्ने तयारी भइरहेको छ । 

बजेट अभावले तमानखोलाको बोङगादोभान–सोलेडाँडा जोड्ने सडकमा काम हुन सकेको छैन । रासस
 

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १२ : ०४ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले