‘बोक्सीको घर’को सफलतापछि फिल्म ‘पेट्रोल पम्प’ बनाउँदै केकी « Khabarhub

‘बोक्सीको घर’को सफलतापछि फिल्म ‘पेट्रोल पम्प’ बनाउँदै केकी


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका तथा निर्मात्री केकी अधिकारीले फिल्म ‘पेट्रोल पम्प’ निर्माण गर्ने भएकी छन् । फिल्म ‘बोक्सीको घर’कै टिमको सहकार्यमा यो फिल्म बन्न लागेको हो ।

नायिका केकी अधिकारीका अनुसार आगामी वर्ष २०८३ मा फिल्मको छायाङ्कन हुनेछ । सोही वर्षको उपयुक्त मितिमा हेरेर प्रदर्शनमा ल्याउने उनको योजना छ ।

यो फिल्मको कलाकार चाँडै सार्वजनिक गर्ने योजनमा उनी छन् । भन्छिन्, ‘अहिले कुरा भइरहेको छ । कलाकारको पूरा टोली फाइनल भएपछि हामी सार्वजनिक गर्नेछौं । चाँडै सार्वजनिक गर्नेछौं ।’

आफ्नो पनि अभिनय रहने सम्भावना उच्च रहेको केकीले बताइन् ।

‘पेट्रोल पम्प’का लागि निर्मात्री केकी र निर्देशन सुलक्षण कागजी सम्झौता भइसकेको छ । फिल्मको स्क्रिप्ट पनि सुलक्षणकै हो ।

यी दुई यो दोस्रो सहकार्य हो । ०८१ सालको सफल फिल्म ‘बोक्सी घर’को निर्देशक र लेखक सुलक्षण हुन् भने केकी नायिका र निर्मात्री हुन् ।

‘बोक्सी घर’ निर्माणकै दौरान सुलक्षणले सुनाएको अर्को कथामा फिल्म बनाउन लागेको केकीले सुलाइन् । उनी भन्छिन्, ‘एउटा राम्रो कथा थियो । त्यही कथाले हाम्रो दोस्रो सहकार्य हुने भयो ।’

‘पेट्रोल पम्प’ सामाजिक कथाको फिल्म रहेको उनले बताइन् ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ११ : ४३ बजे

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान

जर्सिङपौवा दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

काठमाडौं- काठमाडौंको शंखरापुर नगरपालिका- ३, लप्सीफेदीस्थित जर्सिङपौवा–साँखु सडकखण्डमा भएको बस

ओली र लिङ्देनबीच भेटवार्ता

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय