पर्साको सर्वदलीय बैठकद्वारा सामाजिक सद्भाव कायम राख्न आह्वान « Khabarhub

पर्साको सर्वदलीय बैठकद्वारा सामाजिक सद्भाव कायम राख्न आह्वान


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्साका राजनीतिक दलका प्रतिनिधिसहितको सर्वदलीय बैठकले वीरगञ्ज महानगरमा देखिएको सामाजिक र धार्मिक आस्थासँग जोडिएको विषयलाई सामाजिक सद्भाव कायम गरेर अघि बढ्नुपर्ने बताएका छन् । 

जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज यहाँ बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सामाजिक सद्भाव कायम राख्न सबैसँग अनुरोध गरेको हो । 

नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले पछिल्लो समय यहाँ देखिएको समस्यालाई दुवै समुदाय मिलेर टुङ्गाउनुपर्ने धारणा व्यक्त गरे । 

‘समाजमा आगो लगाउनु कुनै पक्षको हितमा हुँदैन । त्यसैले सबैले एकापसमा मिलेर सामाजिक सद्भाव कायम गर्नेतर्फ अग्रसर हुन जरुरी छ,’ उनले भने, ‘सदियौँदेखि चल्दै आएको सद्भावलाई कायम राखेर शान्ति अमनचयन गर्न आह्वान गर्दछु ।’

राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तले हिन्दू पुरोहित र मुस्लिम धर्मगुरु मौलानाको अग्रसरतामा सामाजिक सद्भाव कायम गरेर यसको दीर्घकालीन समस्याको समाधान गर्नुपर्ने बताए ।

‘वीरगञ्जमा विगत दुई/चार वर्षदेखि देखिएको यो समस्या समाधान गर्नका लागि सबै पक्ष हातेमालो गरेर अघि बढ्न जरुरत भइसकेको छ,’ उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापाले पनि हाल यहाँ देखिएको समस्या मौलिक नभएर अन्य कुनै ठाउँको सिको गर्ने प्रवृत्तिले पनि समस्या उब्जाउने गरेको गुनासो गरे  । 

जनता समाजवादी पार्टी (जसपा)का युवा नेता तबरेज अहमदले विदेशी मुलुकमा भएको कुनै घटनामा आधारित भएर वीरगञ्जमा विरोध प्रदर्शन लगायतका गतिविधि गर्न नहुने धारणा व्यक्त गरे । 

‘अन्य मुलुकमा भएका घटनामा आधारित भएर वीरगञ्जमा विभिन्न प्रकारमा विरोध र प्रदर्शनीका गतिविधि गर्दा यहाँ निकै अप्ठेरो परिरहेको छ,’ उनले भने, ‘वीरगञ्जलाई शान्तिक्षेत्र कायम गर्न सबैसँग अनुरोध गर्दछु ।’

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सबै निकायसँग समन्वय र सहकार्य गरेर सामाजिक सद्भाव कायम गर्नेतर्फ अग्रसरता लिँदै आइरहेको बताए ।

‘धार्मिक तथा सामाजिक युद्धले कसैलाई पनि फाइदा पुग्दैन । त्यसैले सबैले मिलेर एकताबद्ध हुन र शान्ति कायम गर्न सहयोग गर्न सबैलाई अनुरोध गर्दछु ।’ रासस
 

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १२ : २२ बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई