क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी « Khabarhub

क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँके राष्ट्रिय निकुञ्जले राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीमा क्यामेरा जडान गरेर मान्छे आक्रमण गर्ने बाघको खोजी गरिरहेको छ । 

बाघको खोजीका लागि घटनास्थल वरपर पाँच थान क्यामेरा जडान गरेर अनुगमन गरिरहे पनि हालसम्म फेला नपरेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए ।

‘हामीले घटनास्थल वरिपरिको क्षेत्रमा क्यामेरा जडान गरेर बाघको खोजी गरिरहेका छौँ, हालसम्म बाघ देखा परेको छैन’, उनले भने, ‘दुर्घटना स्थलमा फर्केर नआएकाले आहारा पछि आफ्नो बाटो लागेको हुनुपर्छ ।’

राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरी निवासी ६२ वर्षीय मरिचमान भण्डारीलाई गाई चराउन गएको बेला गत शनिबार बाघले आक्रमण गरी मृत्यु भएको थियो । त्यसपछि सौरीगाउँवासी त्रसित छन् ।

बाघले आफ्नो आहारा जोगाउन दुर्घटनावश भण्डारीमाथि आक्रमण गरेको हुनसक्ने प्रमुख वरिष्ठ संरक्षण अधिकृत कँडेलको अनुमान छ । 

‘बाघले गाई मारेर खाइरहेको अवस्थामा गोठालो गएका भण्डारी नजिकै पुगेका कारण आहारा जोगाउन बाघले आक्रमण गरेको हुनसक्छ’, कँडेलले भने । 
 

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १२ : ३९ बजे

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ : गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको

अनुगमनमा कैफियत भेटिएपछि तीन वटा फर्मलाई जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

भोजपुर– बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने

कांग्रेस बैठक: सभापित थापाको ‘महाधिवेशन प्रस्ताव’ माथि केन्द्रीय सदस्यले धारणा राख्दै

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दै

तीन हजारभन्दा बढीलाई विपद् प्रतिकार्य तालिम

काभ्रे– काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण