‘छ माया छपक्कै २’मा दीपक र जितुको पुनः सहकार्य हुन लागेको हो ? « Khabarhub

‘छ माया छपक्कै २’मा दीपक र जितुको पुनः सहकार्य हुन लागेको हो ?


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ०८१ सालको दशैँदेखि फिल्म निर्माणमा विश्राम लिएको ‘छक्का पञ्जा’ टिमले अर्को सिक्वले ‘छ माया छपक्कै २’ बाट ठूलो पर्दामा फर्किने भएको छ ।

‘छ माया छपक्कै’ कै निर्माता रोहित अधिकारी, निर्देशक दीपेन्द्र लामा, कलाकार दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बूढा’, जितु नेपाल र नायिका केकी अधिकारी सिक्वेलमा दोहोरिने भएका छन् ।

अहिले निर्देशक लामा र दीपक मिलेर यो फिल्म लेखिरहेको बुझिएको छ ।

निर्माता अधिकारीका अनुसार यो फिल्मको छायाङ्कन चैत १ बाट सुरु हुनेछ । ०८३ को दशैँलाई प्रदर्शन मिति तय गरिएको छ ।

‘छक्का पञ्जा’ समूहबाट निकालिएका कलाकार जितु नेपाल पनि यो फिल्ममा रहने बुझिएको छ । दीपक–दीपाको समूहसँग रहेर जितुले गरेको अन्तिम फिल्म नै ‘छ माया छपक्कै’ हो ।

करिब ७ वर्षपछि दीपक र जितुको एकै फिल्ममा सहकार्य हुने भएको हो ।

स्रोतका अनुसार यस फिल्मा जितुको भूमिका निकै सानो छ । स्रोतको दाबी छ, ‘जितुको अतिथीय भूमिकामा भन्न मिल्छ । पहिलाको जस्तो उहाँको लामो भूमिका भने छैन ।’

‘छक्का पञ्जा’ टिमसँग जितुको सम्बन्ध राम्रो छैन । महानायक काण्डमा जितुले आफ्नो टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षबाट दीपाश्रीलाई निकालेका कारण ‘छक्का पञ्जा’ टिमबाट जितु निकालिएका थिए । त्यस यता जितुले अन्य ब्यानरका फिल्महरु गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १२ : ५१ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा