मोरङ– विराटनगर महानगरपालिका-१३ बाट स्रोत नखुलेको नगद ३ लाख ९९ हजार ९ सय ५० रुपैयाँसहित सोही महानगरपालिका-१० बस्ने ३६ वर्षीय उमेश साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले जोगबनीबाट विराटनगरतर्फ आउँदै गरेको प्र.१-०२-०४२ प २८८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया