श्रीलंकामा सन् २०२५ सबै भन्दा धेरै विदेशी पर्यटक आगमन « Khabarhub

श्रीलंकामा सन् २०२५ सबै भन्दा धेरै विदेशी पर्यटक आगमन


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सन् २०२५ मा श्रीलंकामा सबैभन्दा धेरै विदेशी पर्यटकहरूको आगमन रेकर्ड गरेको जनाइएको छ ।

श्रीलंकामा आएको चक्रवात दितवाहले गर्दा आएको अवरोधका बावजुद  पनि पर्यटन आय नयाँ वार्षिक रेकर्डमा पुगेको श्रलंकाका विदेश मन्त्री विजिता हेराथले पत्रकारहरू सँगको साक्षतकारमा बताएका छन्। 

परराष्ट्र मामिला, विदेश रोजगार तथा पर्यटन मन्त्री हेराथले श्रीलङ्काले यस वर्ष २३ लाख ६० हजार भन्दा बढी विदेशी पर्यटकहरूले श्रीलङ्का भ्रमण गरेको बताएका छन् । एक वर्षमा रेकर्ड गरिएको सबैभन्दा बढी सङ्ख्या हो ।

पर्यटन राजस्व मात्र  सन् २०२५ तीन अरब २० करोड अमेरिकी डलर पुगेको उल्लेख गर्दै देशको विदेशी मुद्रा को दोस्रो ठूलो स्रोतको रूपमा पर्यटन व्यावसायी भएको उनले पुष्टि गरे  । 

नोभेम्बरको अन्त्यमा श्रीलंकामा आएको चक्रवात दितवाको प्रभावका बावजुद पर्यटकहरूको आगमन बलियो रहेको बताउँदै उनले मन्त्रीले नीतिगत समर्थन उपाय र प्रवर्द्धन गतिविधिका कारण विपत्ति पछि पनि पर्यटन आगमन जारी रहेको बताए।  

श्रीलंकाले सन् २०२६ मा न्यूनतम ३० लाख विदेशी पर्यटक आगमनको लक्ष्य राखेको छ, जुन सन् २०२५ को भन्दा करिब २७ प्रतिशतले बढी हो । 

चक्रवात पछि अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२६ का लागि समग्र वृद्धिको अनुमानलाई २.९ प्रतिशतमा संशोधन गरेको कारण पर्यटन वृद्धिले आर्थिक सुधार प्रयासमा योगदान गर्ने श्रीलंकाली अधिकारीहरूले अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १ : ३७ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर