श्रीलंकामा सन् २०२५ सबै भन्दा धेरै विदेशी पर्यटक आगमन « Khabarhub

श्रीलंकामा सन् २०२५ सबै भन्दा धेरै विदेशी पर्यटक आगमन


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सन् २०२५ मा श्रीलंकामा सबैभन्दा धेरै विदेशी पर्यटकहरूको आगमन रेकर्ड गरेको जनाइएको छ ।

श्रीलंकामा आएको चक्रवात दितवाहले गर्दा आएको अवरोधका बावजुद  पनि पर्यटन आय नयाँ वार्षिक रेकर्डमा पुगेको श्रलंकाका विदेश मन्त्री विजिता हेराथले पत्रकारहरू सँगको साक्षतकारमा बताएका छन्। 

परराष्ट्र मामिला, विदेश रोजगार तथा पर्यटन मन्त्री हेराथले श्रीलङ्काले यस वर्ष २३ लाख ६० हजार भन्दा बढी विदेशी पर्यटकहरूले श्रीलङ्का भ्रमण गरेको बताएका छन् । एक वर्षमा रेकर्ड गरिएको सबैभन्दा बढी सङ्ख्या हो ।

पर्यटन राजस्व मात्र  सन् २०२५ तीन अरब २० करोड अमेरिकी डलर पुगेको उल्लेख गर्दै देशको विदेशी मुद्रा को दोस्रो ठूलो स्रोतको रूपमा पर्यटन व्यावसायी भएको उनले पुष्टि गरे  । 

नोभेम्बरको अन्त्यमा श्रीलंकामा आएको चक्रवात दितवाको प्रभावका बावजुद पर्यटकहरूको आगमन बलियो रहेको बताउँदै उनले मन्त्रीले नीतिगत समर्थन उपाय र प्रवर्द्धन गतिविधिका कारण विपत्ति पछि पनि पर्यटन आगमन जारी रहेको बताए।  

श्रीलंकाले सन् २०२६ मा न्यूनतम ३० लाख विदेशी पर्यटक आगमनको लक्ष्य राखेको छ, जुन सन् २०२५ को भन्दा करिब २७ प्रतिशतले बढी हो । 

चक्रवात पछि अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२६ का लागि समग्र वृद्धिको अनुमानलाई २.९ प्रतिशतमा संशोधन गरेको कारण पर्यटन वृद्धिले आर्थिक सुधार प्रयासमा योगदान गर्ने श्रीलंकाली अधिकारीहरूले अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १ : ३७ बजे

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब, आज ओमानसँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया