काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले बोलाएको परामर्श बैठक पेरिसडाँडामा बसिरहेको छ ।
यो बैठकमा नेकपामा समाहित भएका विभिन्न दल र घटकका नेताहरू पनि सहभागी छन् ।
बैठकमा पुस १४ गते नागरिक उन्मुक्ति पार्टीलाई नेकपामा समाहित गराएकी रञ्जिता श्रेष्ठ पनि सहभागी भएकी छन् ।
उनले यही पुस १४ गते नागरिक उन्मुक्ति पार्टीलाई नेकपामा समाहित गराएकी थिइन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा राष्ट्रियसभा निर्वाचन र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुँदैछ।
बैठकमा नेपाली कम्युनिष्ट पार्टीसँगको एकतामा सहभागी सम्पूर्ण घटकका नेताहरूको सहभागिता रहेको प्रचण्डको सचिवालयले जनाएको छ।

























प्रतिक्रिया