ठुला दल मिल्दा घोषित मितिमा निर्वाचन नहुने आशङ्का छ : महेश बस्नेत « Khabarhub

ठुला दल मिल्दा घोषित मितिमा निर्वाचन नहुने आशङ्का छ : महेश बस्नेत


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतले आम निर्वाचनलाई प्रतिगमन सच्चाउने आन्दोलनको रुपमा उपयोग गर्ने बताएका छन् ।  

मंगलबार पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले निर्वाचनलाई आन्दोलनको रुपमा अघि बढाउने बताएका हुन् । 

प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने अवस्थामा एमाले रहेकाले अन्य दलसँग सहकार्य हुँदा उच्च तहको समझदारी र सहकार्य नहुँदा एक्लै चुनावमा होमिने उनले बताए ।

बस्नेतले मुलुकलाई निकास दिनका लागि ठुला दलहरू मिल्दा घोषित मितिमा निर्वाचन हुन नदिने आशङ्का कायमै रहेको धारणा राखे ।

मुलुकमा वैदेशिक षडयन्त्रलाई पूर्णरुपमा निष्जेत पार्नका लागि भए पनि एमाले, कांग्रेस र नेकपाबीच सहकार्य हुनुपर्ने बिचारहरू पनि एमालेभित्र रहेको उनको भनाइ छ । 

उनले अहिलेको अवस्थामा पार्टीलाई समेत एकजुट बनाएर जनतामाझ जानुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  २ : ४५ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान