ठुला दल मिल्दा घोषित मितिमा निर्वाचन नहुने आशङ्का छ : महेश बस्नेत « Khabarhub

ठुला दल मिल्दा घोषित मितिमा निर्वाचन नहुने आशङ्का छ : महेश बस्नेत


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतले आम निर्वाचनलाई प्रतिगमन सच्चाउने आन्दोलनको रुपमा उपयोग गर्ने बताएका छन् ।  

मंगलबार पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले निर्वाचनलाई आन्दोलनको रुपमा अघि बढाउने बताएका हुन् । 

प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने अवस्थामा एमाले रहेकाले अन्य दलसँग सहकार्य हुँदा उच्च तहको समझदारी र सहकार्य नहुँदा एक्लै चुनावमा होमिने उनले बताए ।

बस्नेतले मुलुकलाई निकास दिनका लागि ठुला दलहरू मिल्दा घोषित मितिमा निर्वाचन हुन नदिने आशङ्का कायमै रहेको धारणा राखे ।

मुलुकमा वैदेशिक षडयन्त्रलाई पूर्णरुपमा निष्जेत पार्नका लागि भए पनि एमाले, कांग्रेस र नेकपाबीच सहकार्य हुनुपर्ने बिचारहरू पनि एमालेभित्र रहेको उनको भनाइ छ । 

उनले अहिलेको अवस्थामा पार्टीलाई समेत एकजुट बनाएर जनतामाझ जानुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  २ : ४५ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले