एमाले भोजपुरबाट प्रतिनिधि सभा उम्मेदवारमा शेरधन राई सर्वसम्मत « Khabarhub

एमाले भोजपुरबाट प्रतिनिधि सभा उम्मेदवारमा शेरधन राई सर्वसम्मत


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले भोजपुर जिल्ला कमिटीको मंगलबार बसेको छैठौं पूर्ण बैठकले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टी केन्द्रीय सचिव शेरधन राईलाई सर्वसम्मत रूपमा उम्मेदवार चयन गरेको छ ।

बैठकमा शरणकुमार राईले शेरधन राईको नाम प्रस्ताव गरेका थिए भने प्रदेश कमिटी सदस्य रोशन बस्नेतले समर्थन गरेका थिए । 

प्रस्ताव र समर्थनपछि बैठकले शेरधन राईलाई सर्वसम्मत उम्मेदवारका रूपमा चयन गरेको हो ।

 मंगलबार सम्पन्न प्रतिनिधि छनोट बैठकमा शेरधन राई, रोशन बस्नेत र शरणकुमार राई गरी तीन जनाको दाबी प्रस्तुत भएको थियो ।

लामो छलफलपछि शरणकुमार राईले बैठकलाई सम्बोधन गर्दै शेरधन राईले अन्तिम पटक उम्मेदवारी दिने इच्छा व्यक्त गरेकाले उनलाई प्रस्ताव गरेको बताए ।

त्यसैगरी रोशन बस्नेतले पनि बैठकमा विशेष सम्बोधन गर्दै पार्टी हित र एकतालाई ध्यानमा राख्दै एक पटकका लागि शेरधन राईलाई समर्थन गर्ने घोषणा गरेपछि सर्वसम्मत निर्णय सम्भव भएको हो ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ३ : ३६ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले