एमाले भोजपुरबाट प्रतिनिधि सभा उम्मेदवारमा शेरधन राई सर्वसम्मत « Khabarhub

एमाले भोजपुरबाट प्रतिनिधि सभा उम्मेदवारमा शेरधन राई सर्वसम्मत


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले भोजपुर जिल्ला कमिटीको मंगलबार बसेको छैठौं पूर्ण बैठकले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टी केन्द्रीय सचिव शेरधन राईलाई सर्वसम्मत रूपमा उम्मेदवार चयन गरेको छ ।

बैठकमा शरणकुमार राईले शेरधन राईको नाम प्रस्ताव गरेका थिए भने प्रदेश कमिटी सदस्य रोशन बस्नेतले समर्थन गरेका थिए । 

प्रस्ताव र समर्थनपछि बैठकले शेरधन राईलाई सर्वसम्मत उम्मेदवारका रूपमा चयन गरेको हो ।

 मंगलबार सम्पन्न प्रतिनिधि छनोट बैठकमा शेरधन राई, रोशन बस्नेत र शरणकुमार राई गरी तीन जनाको दाबी प्रस्तुत भएको थियो ।

लामो छलफलपछि शरणकुमार राईले बैठकलाई सम्बोधन गर्दै शेरधन राईले अन्तिम पटक उम्मेदवारी दिने इच्छा व्यक्त गरेकाले उनलाई प्रस्ताव गरेको बताए ।

त्यसैगरी रोशन बस्नेतले पनि बैठकमा विशेष सम्बोधन गर्दै पार्टी हित र एकतालाई ध्यानमा राख्दै एक पटकका लागि शेरधन राईलाई समर्थन गर्ने घोषणा गरेपछि सर्वसम्मत निर्णय सम्भव भएको हो ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ३ : ३६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली