सर्लाहीको चारवटा क्षेत्रबाट जसपा नेपालका दशजना उम्मेदवार सिफारिस  « Khabarhub

सर्लाहीको चारवटा क्षेत्रबाट जसपा नेपालका दशजना उम्मेदवार सिफारिस 


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सर्लाही– ‎जनता समाजवादी पार्टी नेपाल सर्लाहीले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत दशजना उम्मेदवारको नाम सिफारिस गरेको छ। सर्लाहीको चारवटा निर्वाचन क्षेत्रलाई समेटेर प्रत्यक्षतर्फ कुल दशजना उम्मेदवारको नाम सिफारिस भएको हो । 

जसपा नेपाल सर्लाही जिल्ला समितिले निर्वाचन क्षेत्र नं. १ बाट संजय कुमार पासवान, राम विश्वास राय र सुधीर कुमार यादवलाई उम्मेदवार चयन गरेको छ। 

सर्लाहीको क्षेत्र नं. २ बाट भरत चौधरी एकल उम्मेदवार चुनिएका छन् । सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट प्रेस मञ्च नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष मनोज कुमार यादव रायसहित रामपृत पासवान, डा. जय प्रकाश यादव (जे.पी.यादव) र विनोद यादवलाई सिफारिस गरिएको छ। 

यसैगरी, क्षेत्र नं. ४ बाट रामपृत पासवान र उदयकान्त मिश्रलाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ३ : ४० बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान