तीनकुनेको काठ गोदाममा आगलागी (तस्बिरहरू) « Khabarhub

तीनकुनेको काठ गोदाममा आगलागी (तस्बिरहरू)


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको गैरीगाउँस्थीत एक काठ गोदाममा भीषण आगलागी भएको छ ।

ईश्वर कार्कीले सञ्चालन गरेको काठ गोदाममा भीषण आगलागी भएको हो । काठ गोदामबाट सल्किएको आगोले नजिकै रहेको लोयला स्कुलमा समेत क्षति पुगेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका साथै विमानस्थल, सुरक्षा निकायको दमकल र पानी ट्याङ्करले आगलागी नियन्त्रणमा लिएको थियो । 

त्यस्तै आगलागी नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र काठमाडौं महानगरका नगर प्रहरी परिचालन गरिएको थियो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले काठको गोदामबाट आगलागी सुरु भएको र नजिकै रहेको एक विद्यालयमा समेत क्षति पुगेको बताएका छन् । 

आगलागीको कारण र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ४ : ०८ बजे

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ : गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको

अनुगमनमा कैफियत भेटिएपछि तीन वटा फर्मलाई जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

भोजपुर– बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने

कांग्रेस बैठक: सभापित थापाको ‘महाधिवेशन प्रस्ताव’ माथि केन्द्रीय सदस्यले धारणा राख्दै

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दै

तीन हजारभन्दा बढीलाई विपद् प्रतिकार्य तालिम

काभ्रे– काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण