बर्दियाको बढैयातालमा एक युवकको शव भेटियो « Khabarhub

बर्दियाको बढैयातालमा एक युवकको शव भेटियो


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ठाकुरबाबा– बर्दियाको बढैयाताल गाउँपालिका–८ दैलेखी टोलमा एक युवक मृतावस्थामा फेला परेका छन्। 

बढैयाताल–८ दैलेखीटोलका अन्दाजी ३७ वर्षीय खमान सिंह सार्कीको शव आज बिहान माछापोखरीमा फेला परेको हो । इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियाका प्रहरी निरीक्षक अच्युत गिरीका अनुसार मृतक सार्की बढैयाताल–८ दैलेखी टोलमा फ्रेस हाउस सञ्चालन गर्दै आएका शिवहरि रानाभाटको सानो माछापोखरीमा मृतावस्थामा भेटिएका हुन् । 

स्थानीयवासीका अनुसार श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि मृतक सार्की दाजुसँगै बस्दै आएका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा अत्यधिक मदिरा सेवनका कारण पोखरीमा खसेर उनको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक गिरीका अनुसार मृतकको शरीरमा बाह्य चोटपटक देखिएको छैन । घटनाबारे थप अनुसन्धान गर्न शवपरीक्षणका लागि जिल्ला अस्पताल बर्दिया पठाइएको छ । 

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ४ : १५ बजे

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ : गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको

अनुगमनमा कैफियत भेटिएपछि तीन वटा फर्मलाई जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

भोजपुर– बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने

कांग्रेस बैठक: सभापित थापाको ‘महाधिवेशन प्रस्ताव’ माथि केन्द्रीय सदस्यले धारणा राख्दै

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दै

तीन हजारभन्दा बढीलाई विपद् प्रतिकार्य तालिम

काभ्रे– काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण