बर्दियाको बढैयातालमा एक युवकको शव भेटियो « Khabarhub

बर्दियाको बढैयातालमा एक युवकको शव भेटियो


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ठाकुरबाबा– बर्दियाको बढैयाताल गाउँपालिका–८ दैलेखी टोलमा एक युवक मृतावस्थामा फेला परेका छन्। 

बढैयाताल–८ दैलेखीटोलका अन्दाजी ३७ वर्षीय खमान सिंह सार्कीको शव आज बिहान माछापोखरीमा फेला परेको हो । इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियाका प्रहरी निरीक्षक अच्युत गिरीका अनुसार मृतक सार्की बढैयाताल–८ दैलेखी टोलमा फ्रेस हाउस सञ्चालन गर्दै आएका शिवहरि रानाभाटको सानो माछापोखरीमा मृतावस्थामा भेटिएका हुन् । 

स्थानीयवासीका अनुसार श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि मृतक सार्की दाजुसँगै बस्दै आएका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा अत्यधिक मदिरा सेवनका कारण पोखरीमा खसेर उनको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक गिरीका अनुसार मृतकको शरीरमा बाह्य चोटपटक देखिएको छैन । घटनाबारे थप अनुसन्धान गर्न शवपरीक्षणका लागि जिल्ला अस्पताल बर्दिया पठाइएको छ । 

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ४ : १५ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान