काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सौर्य ऊर्जालाई प्राथमिकता दिएर नयाँ मापदण्ड र कार्यविधि तयार गरेको बताएका छन् ।
मंगलबार काठमाडौंमा नेपाल सौर्य विद्युत उत्पादक संघको २५ औँ साधारणसभा उद्घाटन गर्दै मन्त्री घिसिङले सिँचाइका नहरहरूमा पनि सौर्य ऊर्जा राख्न सकिने गरी नयाँ मापदण्ड र कार्यविधि तयार गरेको र स्वीकृतिको चरणमा रहेको बताएका हुन् ।
मन्त्रीपरिषद्बाट स्वीकृत भइसकेपछि निजी क्षेत्रलाई सहभागी गराएर सिँचाइका नहरहरूमा सौर्य विद्युत् उत्पादन गर्ने गरेर प्रक्रिया अगाडी बढाउने उनले बताए ।
त्यस्तै मन्त्री घिसिङले भारतसँग भएको विद्युत् खरिद सम्झौताका बारेमा भएका टीकाटिप्पणीप्रति असन्तुष्टि जनाए । विद्युत् ट्रेडिङलाई नबुझ्ने तर आफूहरूलाई विज्ञ सम्झने केही नेता र पत्रकारहरूले विद्युत् सस्तोमा बेच्यो, महँगोमा किन्यो भन्दै आरोप लगाउने गरेको उनले बताए ।
विद्युत् खरिदका विषयमा गलत तवरले चर्चा चल्ने गरेको उल्लेख गर्दै घिसिङले यसले नेपालको विद्युत् व्यापारलाई सपोर्ट नगर्ने बताए ।













प्रतिक्रिया