कुलमानको गुनासो : केही नेता र पत्रकार बिजुली सस्तोमा बेच्यो, महँगोमा किन्यो भन्दै हिँडे « Khabarhub

कुलमानको गुनासो : केही नेता र पत्रकार बिजुली सस्तोमा बेच्यो, महँगोमा किन्यो भन्दै हिँडे


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सौर्य ऊर्जालाई प्राथमिकता दिएर नयाँ मापदण्ड र कार्यविधि तयार गरेको बताएका छन् । 

मंगलबार काठमाडौंमा नेपाल सौर्य विद्युत उत्पादक संघको २५ औँ साधारणसभा उद्घाटन गर्दै मन्त्री घिसिङले सिँचाइका नहरहरूमा पनि सौर्य ऊर्जा राख्न सकिने गरी नयाँ मापदण्ड र कार्यविधि तयार गरेको र स्वीकृतिको चरणमा रहेको बताएका हुन् । 

मन्त्रीपरिषद्बाट स्वीकृत भइसकेपछि निजी क्षेत्रलाई सहभागी गराएर सिँचाइका नहरहरूमा सौर्य विद्युत् उत्पादन गर्ने गरेर प्रक्रिया अगाडी बढाउने उनले बताए । 

त्यस्तै मन्त्री घिसिङले भारतसँग भएको विद्युत् खरिद सम्झौताका बारेमा भएका टीकाटिप्पणीप्रति असन्तुष्टि जनाए । विद्युत् ट्रेडिङलाई नबुझ्ने तर आफूहरूलाई विज्ञ सम्झने केही नेता र पत्रकारहरूले विद्युत् सस्तोमा बेच्यो, महँगोमा किन्यो भन्दै आरोप लगाउने गरेको उनले बताए । 

विद्युत् खरिदका विषयमा गलत तवरले चर्चा चल्ने गरेको उल्लेख गर्दै घिसिङले यसले नेपालको विद्युत् व्यापारलाई सपोर्ट नगर्ने बताए ।  

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ४ : १६ बजे

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ : गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको

अनुगमनमा कैफियत भेटिएपछि तीन वटा फर्मलाई जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

भोजपुर– बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने

कांग्रेस बैठक: सभापित थापाको ‘महाधिवेशन प्रस्ताव’ माथि केन्द्रीय सदस्यले धारणा राख्दै

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दै

तीन हजारभन्दा बढीलाई विपद् प्रतिकार्य तालिम

काभ्रे– काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण