राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले दलहरूसँग तालमेल गर्ने « Khabarhub

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले दलहरूसँग तालमेल गर्ने


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले माघ ११ गते आइतबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको हो ।

तालमेलपछि क्लष्टरसहित उम्मेदवारको चयन बुधबार बस्ने बैठकले तय गर्ने प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।  

बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरु फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा राखेका थिए ।

कार्यसम्पादन समितिको बैठक बुधबार ९ बजे बस्ने प्रवक्ता महतले जानकारी दिए । 

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ५ : ४७ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान