नयाँ पार्टीबारे माधव नेपालको टिप्पणी : हामीले नै जन्माएका सन्तान हुन् « Khabarhub

नयाँ पार्टीबारे माधव नेपालको टिप्पणी : हामीले नै जन्माएका सन्तान हुन्


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टी सुसंस्कृत मानिसहरूको पार्टी भएको उल्लेख गर्दै पार्टीमा अरू सबै समाप्त होउन् भन्ने सोच नरहेको बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले यस्तो बताएका हुन् । मंगलबारको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनबारे केन्द्रित रहेको भन्दै मतभारको आधारमा अन्य दलहरूसँग सहकार्य हुने संकेत गरे ।

‘हामी कसैप्रति पनि नकारात्मक टिप्पणी गर्दैनौँ । नेपाली संस्कृति पार्टीको संस्कार नै सुसंस्कृत छ । त्यसो भएको हुनाले हामी अरुको बदख्वाइँ गर्ने, निन्दा गर्ने, अरु सबै सिद्धिउन् भन्ने खालको सोच पनि राख्दैनौँ,’ नेता नेपालले भने, ‘हामी फराकिलो हृदय भएका मानिसहरू हौँ ।’

आफ्नो समय देश र जनताको सेवामा समर्पित गरेको भन्दै नेता नेपालले कसैसँग पनि डराउनुपर्ने अवस्था नरहेको बताए । सबै राजनीतिक शक्ति र व्यक्तिले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने उनको भनाइ छ ।

‘नयाँ सबै देखिसकिएका छन्, हामीले नै जन्माएका सन्तान त हुन् नी । अनि किन डराउने ? आफूले गल्ती गरेको छ भने डराउने हो । विचारमा, सिद्धान्तमा, काममा देखिएकै छन्,’ नेता नेपालले भने, ‘त्यसकारण हामीले आफ्नो समय देश र जनताको समर्पित गरेका छौँ । र, सबैले देश र जनतालाई केन्द्रबिन्दुमा राखुन् भन्ने चाहन्छौँ ।’

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ८ : ५३ बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती