सशस्त्र प्रहरी बलमा राजस्व चुहावट नियन्त्रणबारे छलफल « Khabarhub

सशस्त्र प्रहरी बलमा राजस्व चुहावट नियन्त्रणबारे छलफल


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा राजस्व चुहावट नियन्त्रण गर्नेबारे उच्च तहको छलफल भएको छ । मंगलबार अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठक बसेको हो ।

अर्थमन्त्री खनालले मुलुकभित्रको आर्थिक गतिविधिलाई आवश्यक संरक्षण र सुरक्षा प्रदान गर्दै देशको अर्थतन्त्र सुधार गर्नुपर्ने उल्लेख गरे । साथै, राजस्व चुहावट नियन्त्रण गर्न अन्तर निकायमा भए गरेका कमीकमजोरीलाई समेत सुधार्दै लैजानुपर्ने बताए ।

उनले कुनै एकल निकायको प्रयासले मात्र राजस्व चुहावट नियन्त्रण गर्न सम्भव नहुने हुँदा सम्बन्धित सरोकारवाला निकायहरूको संयुक्त प्रयासले लक्ष्य प्राप्त गर्न सकिने बताए । राजस्व चुहावट नियन्त्रणका लागि कुनै पनि कार्य गर्दा आम नागरिकलाई दुःख नहोस् भन्ने कुरामा समेत ध्यान दिन जरुरी रहेको उल्लेख गरे ।

बैठकमा अर्थसचिव डा.घनश्याम उपाध्यायले राजस्व चुहावट नियन्त्रण कार्य सबैको साझा दायित्व रहेको उल्लेख गरे । सीमित साधन स्रोतका बाबजुद पनि अधिकतम परिचालन भई परिणाम हासिल गर्नुपर्ने हालको अवस्थामा प्राप्त जिम्मेवारीलाई थप प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ९ : २३ बजे

आइसीसी टि–२० विश्वकप : अमेरिकालाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं – आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने