शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिद दर १४४ रूपैयाँ २८ पैसा र बिक्रीदर १४४ रूपैयाँ ८८ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रूपैयाँ ११ पैसा र बिक्रीदर १७० रूपैयाँ ८२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रूपैयाँ ३१ पैसा र बिक्रीदर १९७ रूपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रूपैयाँ ५५ पैसा र बिक्रीदर १८६ रूपैयाँ ३२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रूपैयाँ ७३ पैसा र बिक्रीदर १०१ रूपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रूपैयाँ ४३ पैसा र बिक्रीदर १०५ रूपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रूपैयाँ २८ पैसा र बिक्रीदर ११३ रूपैयाँ ७५ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ १८ पैसा र बिक्रीदर नौ रूपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ७९ पैसा र बिक्रीदर २० रूपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३८ रूपैयाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३९ रूपैयाँ ७५ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ५५ पैसा र बिक्रीदर चार रूपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ २८ पैसा र बिक्रीदर ३९ रूपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ८४ पैसा र बिक्रीदर नौ रूपैयाँ ८८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रूपैयाँ ०३ पैसा र बिक्रीदर १६ रूपैयाँ ०९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ७८ पैसा र बिक्रीदर २२ रूपैयाँ ८८ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ४७ पैसा र बिक्रीदर १८ रूपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४७२ रूपैयाँ १२ पैसा र बिक्रीदर ४७४ रूपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३८४ रूपैयाँ ३० पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रूपैयाँ ७८ र बिक्रीदर ३७६ रूपैयाँ ३४ पैसा रहेको छ। यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ५ : ३७ बजे

भारतीय एयरलाइन्सद्वारा मध्यपूर्वमा उडानहरू पुनः सुरु

एजेन्सी– भारतीय एयरलाइन्सले युद्धका कारण मध्य पूर्वका देशहरूमा रोकिएका हजारौं

कालीकोटका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्‍याइयो

मान्म– कालीकोट जिल्लाका १२८ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्‍याइएको

ईरान–इजराइल युद्धका कारण चिनियाँ रिफाइनरीले सञ्चालन घटायो

यूएई- चीनको ठूलो रिफाइनरी कम्पनी झेजियाङ्ग पेट्रोकेमिकल कर्पले आफ्नो अपरेशन

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौं– बिहीबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाबाट

पुल्चोकको दाउरा थकालीमा आगलागी (तस्बिरहरू)

काठमाडौं – ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी भएको