यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य « Khabarhub

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४४, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५२, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो (भारतीय)प्रतिकिलो २७, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० रहेको छ । 

यसैगरी, गाजर (लोकल) प्रतिकिलो ७०, गाजर (तराई) प्रतिकिलो रु ७०, बन्दा (लोकल) प्रतिकिलो ६०, बन्दा (तराई) प्रतिकिलो रु ४०, बन्दा (नरिबल) प्रतिकिलो ४५, काउली स्थानीय प्रतिकिलो रु ४५, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ७०, काउली तराई प्रतिकिलो ५०, रातो मूला प्रतिकिलो ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १८, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २२, भन्टा लाम्चो प्रतिकिलो रु ५५ र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ । 

त्यसैगरी, मटरकोसा प्रतिकिलो ७०, घिउ सिमी (लोकल) प्रतिकिलो २२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १६०, टाटे सिमी प्रतिकिलो १००, तिते करेला प्रतिकिलो रु १९०, लौका प्रतिकिलो ८०, फर्सी पाकेको प्रतिकिलो ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ३०, हरियो फर्सी (डल्लो)प्रतिकिलो ३०, सलगम प्रतिकिलो ६०, भिन्डी प्रतिकिलो १३०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ६०, पिँडालु प्रतिकिलो ६५ र स्कुस प्रतिकिलो ७० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो ३५, पालुङ्गो प्रतिकेजी रु ५०, चमसुर प्रतिकिलो ५०, तोरीसाग प्रतिकिलो २०,  मेथी प्रतिकिलो रु ६०, हरियो प्याज प्रतिकिलो ६०, बकुला प्रतिकिलो ८०, तरुल प्रतिकिलो ७०, च्याउ(कन्य) प्रतिकिलो १००, च्याउ (डल्ले) प्रतिकिलो ३५०, राजा च्याउ प्रतिकेजी ३००, सिताके च्याउ प्रतिकेजी १,००० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो ६०, चुकुन्दर प्रतिकिलो ७०, सजीवन प्रतिकेजी २२०, रातो बन्दा प्रतिकिलो १३०, जिरीको साग प्रतिकिलो ८०, ग्याठकोभी प्रतिकिलो रु ६५, सेलरी प्रतिकिलो २२०, पार्सले प्रतिकिलो ६००, सौफको साग प्रतिकिलो ७५, पुदिना प्रतिकिलो ३५०, गान्टे मुला प्रतिकिलो ६०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो १५०, गुन्द्रुक प्रतिकिलो ३५० र रूखटमाटर प्रतिकेजी २५० तोकिएको छ ।

स्याउ (झोले)प्रतिकिलो २५०, स्याउ (फुजी) प्रतिकिलो ३२०, केरा (दर्जन) १८०, कागती प्रतिकिलो १३०, अनार प्रतिकिलो ३२०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ४४०, सुन्तला (नेपाली) प्रतिकिलो रु १८०, तरबुजा हरियो प्रतिकिलो ९०, मौसम प्रतिकिलो १३०, जुनार प्रतिकिलो १३०,  भुइँकटहर प्रतिगोटा १५५, काँक्रो (लोकल) प्रतिकिलो १५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो १२०, निबुवा प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो २४०, मेवा (नेपाली) प्रतिकिलो ७०, मेवा (भारतीय) प्रतिकिलो ११०, लप्सी प्रतिकिलो १३०, किनु प्रतिकिलो १३०, स्ट्रबेरी प्रतिकिलो ५५०, किबी प्रतिकिलो २६० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो ११०, अदुवा प्रतिकिलो १२०, सुकेको खुर्सानी प्रतिकिलो ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो ८०, खुर्सानी हरियो (अकबरे)प्रतिकिलो रु ५५०, भेडे खुर्सानी प्रतिकिलो ९०, हरियो लसुन प्रतिकिलो ८०, हरियो धनियाँ प्रतिकिलो ५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, छ्यापी सुकेको प्रतिकिलो १६०, छ्यापी हरियो प्रतिकिलो १८०, माछा सुकेको प्रतिकिलो १,००० ताजा माछा (रहु) प्रतिकिलो ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ७ : ४७ बजे

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा – प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ

यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

काठमाडौं – निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा

सिन्धुलीमा बसको ठक्करबाट एक जनाको मृत्यु

सिन्धुली – बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष : निर्वाचन सुरक्षामा पूर्ण तयारी, निष्पक्ष गराउने दृढता

काठमाडौं- सिंहदरबारमा बुधबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४२औं बैठकले निर्वाचनलाई