ओमान पुगे इरानका विदेश मन्त्री, आज अमेरिकासँग वार्ता « Khabarhub

ओमान पुगे इरानका विदेश मन्त्री, आज अमेरिकासँग वार्ता


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मस्कट– इरानका विदेश मन्त्री अब्बास अराग़ची ओमान पुगेका छन्। ओमानको राजधानी मस्कटमा आज शुक्रबार उनले अमेरिकी दूतहरूसँग परमाणु विषयमा वार्ता गर्ने कार्यक्रम छ।

यसअघि मन्त्री अराग़चीले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकासँग वार्ता हुने जानकारी दिएका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो परमाणु कार्यक्रम सीमित गर्ने नयाँ सम्झौता नगरे सैन्य कारबाही हुन सक्ने चेतावनी दिँदै आएका छन्। यस सन्दर्भमा आजको वार्तालाई महत्वपूर्ण मानिएको छ।

इरानले परमाणु विषयमा संवादका लागि आफू तयार रहेको बताएको छ। तर, आफ्नो क्षेप्यास्त्र कार्यक्रम सीमित गर्ने जस्ता मागहरू स्वीकार्य नहुने स्पष्ट पारेको छ।

उता, ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेविटले राष्ट्रपति ट्रम्प इरानी अधिकारीहरूसँग हुने वार्तालाई नजिकबाट नियालिरहेका र यसबाट कुनै सम्झौताको सम्भावना बन्ने कि नबन्ने मूल्याङ्कन भइरहेको बताएकी छन्।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ८ : ०५ बजे

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला– जुम्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने

कैलालीका एक युवाबाट श्रीमतीको गोली हानी हत्या

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास