बेंगलोरबाट हराएका बैतडीका एक युवक मृत भेटिए « Khabarhub

बेंगलोरबाट हराएका बैतडीका एक युवक मृत भेटिए


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

बैतडी– भारतको बेंगलोरस्थित मत्तेकेरे क्षेत्रबाट सम्पर्कविहीन भएका बैतडीको दोगडाकेदार गाउँपालिका–३ सुनखोला खालीगाडाका हरिश लुहार मृत अवस्थामा फेला परेका छन्।

केही दिनदेखि सम्पर्कमा नआएपछि परिवारले खोजी गरिरहेको अवस्थामा लुहार भारतकै देव्नल्ली क्षेत्रमा मृत भेटिएका हुन् ।

लुहार दुई वर्षअघि रोजगारीको शिलशिलामा भारतको बेंगलोर गएका थिए। पारिवारिक स्रोतका अनुसार उनका दुई छोरा र श्रीमती रहेका छन्।

घटनाबारे स्थानीय प्रहरीलाई जानकारी गराइएको छ भने मृत्युको कारण खुल्न बाँकी रहेको छ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ९ : ३८ बजे

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ

इरानी तेल सञ्लालमाथि हमला, अमेरिकाले पश्चिम एशियामा २५०० मरिन तैनाथ गर्ने

वाशिङ्टन डीसी- अमेरिका र इरानबीचको द्वन्द्व तीव्र हुँदै गएको छ

मधेसको विकासमा मुख्यमन्त्री यादवको ध्यान केन्द्रित

धनुषा– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारलाई संवैधानिक रूपमा

कतारस्थित नेपाली दूतावास : साउदी अरब हुँदै स्वदेश फिर्नेले पर्यटक भिसाको अपोइन्टमेन्ट लिनू

दोहा– कतारको राजधानी दोहास्थित नेपाली राजदूतावासले मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमपछि