श्रीमतीलाई अर्कैको समानुपातिकमा राखेपछि पार्टीबाटै निकालिए प्रलोपा उम्मेदवार « Khabarhub

श्रीमतीलाई अर्कैको समानुपातिकमा राखेपछि पार्टीबाटै निकालिए प्रलोपा उम्मेदवार


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

बुटवल- श्रीमतीलाई हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट समानुपातिक उम्मेदवार बनाएका रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रग्रतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार निष्कासित गरेका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द काराखेतीलाई पार्टीबाटै निष्कासित गरेको छ।

प्रलोपा रुपन्देही इन्चार्ज पंकज राईले शुक्रबार यसबारे जानकारी दिएका हुन् । काराखेतीले पार्टीको नीति, सिद्धान्त र विधानको गम्भीर उल्लंघन गरेको पुष्टि भएपछि निष्कासन गरिएको उनले उल्लेख गरेका छन्।

पार्टी हितविपरीतका व्यक्तिवादी गतिविधिमा संलग्न भएको आरोप उनीमाथि लगाएर बिदा गरिएको हो ।

प्रलोपबाट उम्मेदवार बनेपछि नेताहरूसँग रकम मागेको र श्रीमती जयन्ता काराखेतीलाई श्रम संस्कृति पार्टीबाट समानुपातिकमा राखेको पाइएकाले निष्कासन गरिएको राईलले बताए।

काराखेतीलाई निष्कासन गरेपछि रुपन्देही–३ मा पार्टीको उम्मेदवार खाली भएको छ । अब त्यहाँ कुनै दलका उम्मेदवारलाई समर्थनको निर्णय प्रलोपाले लिने भएको छ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ५ : ३७ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन