प्रचण्डले भने- नयाँ भन्ने दलसँग धाक लाउनेबाहेक केही मुद्दा छैन  « Khabarhub

प्रचण्डले भने- नयाँ भन्ने दलसँग धाक लाउनेबाहेक केही मुद्दा छैन 


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ भन्ने दलहरूसँग कुनै नयाँ मुद्दा नरहेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित नेकपा परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिले केही दलहरूले आफूलाई नयाँ भन्दै भ्रम छर्न खोजेको भन्दै उनीहरूसँग कुनै नयाँ मुद्दा नरहेको बताएका हुन् । नयाँ र पुरानोको निधो विचार, एजेन्डा र संघर्षले गर्ने उनले बताए ।

प्रचण्डले देशमा आजको सबभन्दा नयाँ भनेको गणतन्त्र भएकाले त्यसको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गरेको धारणा राखे । 

महिला, दलित, आदिवासी जनजाति लगायत सबै उत्पीडित क्षेत्र समुदायलाई पहिचान र अधिकार दिने नारा आफ्नो पार्टीले ल्याएकाले आफूहरू नयाँ भएको उनको भनाइ छ । 

त्यस्तै प्रचण्डले उदार पुँजीवाद र दलाल पुँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लाउने काम भएको आरोप लगाए । 

उनले निर्वाचन नजिकिँदै जाँदा सक्रिय भएर प्रचार गर्न सके नेपाली कम्युनिस्ट पार्टी नेपालमा एक चोटि फेरि पहिलो पार्टी बन्ने पुरै सम्भावना रहेको दाबी गरे ।

प्रचण्डले निकै ठूलो भिडन्त भनेर सामाजिक सञ्जालमा चर्चा भएका खास खास चुनाव क्षेत्रमा नेकपाले चुनाव जित्ने निश्चित भएको बताए । 

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ५ : ४२ बजे

मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकियो

महोत्तरी– मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ । बर्दिबास

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला– जुम्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने

कैलालीका एक युवाबाट श्रीमतीको गोली हानी हत्या

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको