समृद्ध नेपालका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्छ : अध्यक्ष घिसिङ « Khabarhub

समृद्ध नेपालका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्छ : अध्यक्ष घिसिङ


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

राजविराज– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समृद्ध नेपाल बनाउनका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्ने बताएका छन्  ।
    
आज यहाँ राजविराजमा उज्यालो नेपाल पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आर्थिक समृद्धिका लागि विद्युत्मा आत्मनिर्भर र कृषि क्षेत्रको विकास गर्न जरुरी रहेको बताए ।

ऊर्जा क्षेत्रमा आफूले अघि सारेका पहल र सुधारहरूले नेपालका लागि कार्यान्वयनयोग्य नमुना प्रस्तुत गरेको घिसिङको भनाइ थियो । 

उनले आफ्नो अनुभवलाई मुलुकको समग्र आर्थिक रूपान्तरणमा उपयोग गर्न सकिने उल्लेख गर्दै १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गरेर विद्युत्बाट आम्दानी गर्न सकिने बताए । 

‘देश आत्मनिरर्भर बन्ने र नेपाली जनताले पनि निःशुल्क रुपमा विद्युत् बाल्न सक्ने अवस्था बनाउन सकिन्छ । कृषि, खानेपानी, रोजगारी तथा ऊर्जा जस्ता आधारभूत क्षेत्रमा आत्मनिर्भरता हासिल नगरी दिगो विकास सम्भव हुँदैन, यसमा हाम्रो पार्टी प्रस्ट छ’, अध्यक्ष घिसिङले भने । 
 
जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर पार्टी अघि बढिरहेको उल्लेख गर्दै उनले सुशासन, पारदर्शिता र विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए । 

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ५ : ५४ बजे

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ– दाङको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका

इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’

रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौँ– गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल