‘निर्वाचन सफल बनाउन जिल्लावासीसँग अनुरोध’ « Khabarhub

‘निर्वाचन सफल बनाउन जिल्लावासीसँग अनुरोध’


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– जिल्लास्थित जनपथ प्रहरी कार्यालयले निर्वाचन सुरक्षा सहयोगीका रूपमा सर्वसाधारणका लागि दरखास्त आह्वान गरेकामा १२ जना निर्वाचन सुरक्षा सहयोगी कम भएको जनाएको छ ।

रोजगारीका क्रममा रसुवा जिल्लाका युवायुवती अन्यत्र गएका कारण दरखास्त आह्वान गरिएअनुसार जनशक्ति कमी भएकाले छिमेकी जिल्ला नुवाकोटबाट व्यवस्था गर्न लागेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजु शाहले जानकारी दिए ।

उनले मागअनुसार नपुगेको १२ जना निर्वाचन सुरक्षा सहायक भर्खरै जिल्ला आइपुगेको बताउँदै जिल्लास्थित मतदान केन्द्रहरूको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी जनशक्ति खटनपटन प्रक्रिया अघि बढेको स्पष्ट गरे ।

प्रतिनिधिसभाअन्तर्गत एक निर्वाचन क्षेत्र मात्र भएको दुर्गम पहाडी जिल्ला रसुवामा  जनपथ प्रहरीबाट ३६९ जना र सशस्त्र प्रहरी बल नेपालबाट ४६ जना अस्थायी प्रकृतिको निर्वाचन सुरक्षा सहायक नियुक्त गरी परिचालन गर्न लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

रसुवा प्रशासनका अनुसार आसन्न निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा नेपाली सेनाको संयुक्त टोली आवश्यकताअनुसार परिचालित भएको छ । 

हाल निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारहरू आफ्ना पक्षमा मत माग्दै गाउँ–बस्तीमा सक्रिय रूपमा डुलिरहेका बेला सुरक्षालाई थप मजबुत बनाइएको हो ।

मुख्य निर्वाचन कार्यालय रसुवाका अनुसार प्रत्येक उम्मेदवारले निर्वाचन प्रयोजनका लागि अधिकतम रु २७ लाखसम्म खर्च गर्न पाउने र दुई वटा सवारीसाधन मात्र प्रयोग गर्न पाउने प्रावधान रहेको छ । 

निर्वाचनको नीति, नियम र आचारसंहिताको पूर्ण पालना गर्दै प्रचारप्रसार गर्न सबै उम्मेदवारलाई आग्रह गरिएको छ । सुरक्षाको आवश्यकता परेमा लिखित रूपमा अनुरोध गर्नसमेत सबै उम्मेदवारलाई आग्रह गरिएको निर्वाचन आयोगले जनाएको छ ।

त्यसै गरी, प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गराउन कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख  बिन्ध्या कार्की र सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीलाई तोकेको जानकारी दिँदै आवश्यक देखिए सम्बद्ध अधिकारीसमक्ष उजुरी गर्न सम्बद्ध सबैसँग अनुरोध गरे ।

प्रजिअ पन्थीले निष्पक्ष, धाँधलीरहित र उल्लासमय वातावरणमा आसन्न निर्वाचन सम्पन्न गर्न अहोरात्र खटेको सुरक्षा संयन्त्रसहित बुथमा खटिने राष्ट्रसेवक कर्मचारीलाई सहयोग गर्न जिल्लावासीसँग अनुरोध गरे ।  
 

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ६ : ०३ बजे

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज  

काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने