उदयपुरमा तीन हजार ८४८ जना किशोरीलाई ‘एचपीभी’ खोप लगाइने « Khabarhub

उदयपुरमा तीन हजार ८४८ जना किशोरीलाई ‘एचपीभी’ खोप लगाइने


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उदयपुरमा तीन हजार ८४८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाइने भएको छ ।  

आगामी माघ २६ गतेदेखि २९ गतेसम्म कक्षा ६ मा अध्ययनरत तथा विद्यालयबाहिर रहेका किशोरीहरूलाई उक्त खोप लगाइने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

जिल्लाका आठवटै पालिकामा सञ्चालन हुने उक्त अभियानअन्तर्गत चौदण्डीगढी नगरपालिकामा ५४९, त्रियुगा नगरपालिकामा एक हजार ११९, कटारी नगरपालिकामा ७१६ र बेलका नगरपालिकामा ६६२ जना किशोरीलाई खोप लगाइने कार्यालयले जनाएको छ ।

त्यसैगरी, उदयपुरगढी गाउँपालिकामा २६१, रौतामाई गाउँपालिकामा २१६, ताप्ली गाउँपालिकामा १४४ तथा लिम्चुङबुङ गाउँपालिकामा १०६ जना किशोरीलाई एचपीभी खोप लगाइनेछ ।

स्वास्थ्य कार्यालय उदयपुरका अनुसार अभियानका क्रममा आठवटै पालिकामा ३९४ वटा खोप केन्द्र तोकिएका छन् ।

ती केन्द्रमा ३६३ जना खोप लगाउने स्वास्थ्यकर्मी र ३९४ जना स्वयंसेवक परिचालन गरिनेछ । गत वर्ष उदयपुरका एचपीभी खोप १८ हजार ३८९ जना किशोरीलाई लगाइएको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ६ : २० बजे

अस्ट्रियालाई ३-० ले हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको उत्कृष्ट

आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ – देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार १९ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असार १९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १९ गते शुक्रबार सन् २०२६