प्राविधिक तथा आर्थिक सहयोग महत्त्वपूर्ण छः पूर्वराष्ट्रपति डा यादव « Khabarhub

प्राविधिक तथा आर्थिक सहयोग महत्त्वपूर्ण छः पूर्वराष्ट्रपति डा यादव


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वराष्ट्रपति डा रामवरण यादवले भारतले नेपाललाई गर्दै आएको प्राविधिक तथा आर्थिक सहयोग महत्त्वपूर्ण रहेको बताएका छन् ।

भारतीय दूतावासले आज आयोजना गरेको ‘६१औँ भारतीय प्राविधिक तथा आर्थिक सहयोग दिवस’मा उनले नेपालको विकासमा भारतको योगदानको स्मरण गर्दै प्राविधिक तथा आर्थिक विकासमा पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताएका हुन् ।

“नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक रूपमा एतिहासिक सम्बन्ध रहेको छ”, पूर्वराष्ट्रपति डा यादवले भने, “स्वास्थ, भौतिक पूर्वाधारदेखि शिक्षा र प्राविधिक क्षेत्रमा पुर्याएको योगदान महत्त्वपूर्ण छ ।” नेपाल विकासमा उल्लेखनीय सहयोग गर्दै आएको भारत सरकारले आगामी दिनमा पनि सहकार्य प्रभावकारी रहने विश्वास व्यक्त गरे ।

नेपालका लागि भारतीय राजदूत नभीन श्रीवास्तवले नेपालका विभिन्न क्षेत्रका सरकारी कर्मचारी, प्रहरी, नेपाली सेना, पत्रकारलागयतका ३५ हजारभन्दा धेरै मानिसले तालिम लिएको जानकारी दिए । सो अवसर तालिमको अनुभव साटासाट गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको थियोे ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ८ : ४८ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी