बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश « Khabarhub

बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सुनसरी – धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा झापा–११, झापा क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

आज धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा सम्पन्न खेलमा झापा ११ झापाले रोयल थिम्पु फुटबल क्लब, भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफको ३५औँ मिनेटमा झापा ११ का सुनिल खड्काले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको १८औँ मिनेटमा राजेश दाहालले अर्को गोल थप्दै झापाको जित सुनिश्चित गरे ।

खेलमा झापा ११ का राजेश दाहाल ‘म्यान अफ द म्याच’ घोषित हुँदै उनले नगद रु १० हजार पुरस्कार प्राप्त गरे । शनिबारको खेल प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौँ र साविक विजेता न्यूरोड टिम (एनआरटी), काठमाडौँबीच प्रतिस्पर्धा हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।

प्रतियोगिताका विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडीलाई एक थान होण्डा स्कुटर प्रदान गरिने छ । अध्यक्ष तामाङका अनुसार प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई रु १० हजार प्रदान गरिने छ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु २५ हजार प्रदान गरिनेछ भने सर्वाधिक गोलकर्तालाई रु ३५ हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ९ : ४९ बजे

प्रधानमन्त्री बालेनको गीतले बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले

पर्यटन विकाससँगै जैविक विविधता जोगाउन ‘प्यारा’ तालको संरक्षण गरिँदै

कैलाली – कैलालीसँगै सिमाना जोडिएको जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र

नागरिकसँग गरेका वाचा पूरा गर्छौं : लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर

जेनेभा – मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको

बालेनलाई चिनियाँ समकक्षी ली छ्याङको बधाई, बीआरआईसहितमा मिलेर काम गर्न तयार

काठमाडौं – चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र