चीनको औद्योगिक गतिविधिमा संकुचन « Khabarhub

चीनको औद्योगिक गतिविधिमा संकुचन


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको औद्योगिक गतिविधिमा संकुचन आएको छ । चीनको औद्योगिक गतिविधि संकुचित भएको त्यहाँको आधिकारिक म्यानुफ्याक्चरिङ पर्चेजिङ म्यानेजर्स सूचक पीएमआईले देखाएको छ ।

ब्लूमबर्गका अनुसार जनवरी महिनामा पीएमआई ओरालो लागेर ४९.३ विन्दुमा पुगेको छ । यसअघि जनवरी महिनामा यो ५०.१ रहेको थियो ।

जनवरीमा पनि पीएमआई सूचक ५०.१ नै रहने विश्लेषण गरिएको थियो । यो सूचक ५० भन्दा धेरै भए औद्योगिक गतिविधिमा विस्तार भएको र त्यसभन्दा कम भए संकुचन आएको बुझिन्छ ।

समाचारमा जनाइएअनुसार सेवा तथा निर्माण क्षेत्रतर्फकोे गतिविधि पनि ओरालो लागेको छ । जनवरीमा यसको सूचक घटेर ४९.४ विन्दुमा पुगेकोे छ । अघिल्लो महिना यो ५०.२ रहेको थियो ।

यो सन् २०२२ यताकै सबैभन्दा न्यून विन्दु रहेको ब्लूमबर्गले उल्लेख गरेको छ । हाल चीनमा आन्तरिक मागमा अझै समस्या रहेको जनाइएको छ ।

सोही कारण चिनियाँ कारखानाहरु वैदेशिक मागको क्षमतामा सञ्चालन भइरहेको विश्लेषण गरिएको छ । बलियो वैदेशिक मागका कारण गत वर्ष चीनको कुल ग्राहस्थ उत्पादन ५ प्रतिशतले विस्तार भएको छ ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ६ : १३ बजे

प्रधानमन्त्री बालेनको गीतले बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले

पर्यटन विकाससँगै जैविक विविधता जोगाउन ‘प्यारा’ तालको संरक्षण गरिँदै

कैलाली – कैलालीसँगै सिमाना जोडिएको जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र

नागरिकसँग गरेका वाचा पूरा गर्छौं : लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर

जेनेभा – मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको

बालेनलाई चिनियाँ समकक्षी ली छ्याङको बधाई, बीआरआईसहितमा मिलेर काम गर्न तयार

काठमाडौं – चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र