लमजुङमा ५४.७६ प्रतिशत मत खस्यो « Khabarhub

लमजुङमा ५४.७६ प्रतिशत मत खस्यो


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार भएको निर्वाचनमा ५४.७६ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख यादवराज आचार्यका अनुसार मतदाता एक लाख ३७ हजार १२४ मतदाता रहेकामा ७५ हजार ८५ मत खसेको प्रारम्भिक जानकारी छ ।

जसमा ३८ हजार ८५६ महिला र ३६ हजार २२९ पुरुष मतदाताको मत खसेको छ । चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह रहेको जिल्लामा एकमात्र सङ्घीय निर्वाचन क्षेत्र रहेको छ ।

यसअघि भएको सङ्घीय प्रतिनिधि तथा प्रदेश सदस्य निर्वाचन २०७९ मा रहेको ६०.५८ प्रतिशत मत खसेको थियो । सो बेलामा जिल्लामा एक लाख ३३ हजार ५५९ मतदाता रहेका थिए । हालको निर्वाचनमा १३० मतदानस्थल तथा १९२ मतदान केन्द्र रहेको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १ : ०२ बजे

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या