काठमाडौँ-१० को प्रारम्भिक नतिजामा रास्वपाका प्रदीप विष्टको फराकिलो अग्रता « Khabarhub

काठमाडौँ-१० को प्रारम्भिक नतिजामा रास्वपाका प्रदीप विष्टको फराकिलो अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० को मतगणना कार्य जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती चरणमै भारी अन्तर कायम गरेको छ। रास्वपाका उम्मेदवार प्रदीप विष्टले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछि पार्दै अग्रता कायम गरेका हुन् ।

भर्खरै प्राप्त विवरण अनुसार विष्टले १२४३ मतका साथ विजयतर्फको यात्रा सुरु गरेका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्कीले २४६ मत प्राप्त गरेका छन्, जुन विष्टको तुलनामा निकै कम देखिएको छ ।

त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार विनोद श्रेष्ठले १६७ मतका साथ तेस्रो स्थानमा चित्त बुझाएका छन् भने नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार रुपा महर्जनको पोल्टामा २८ मत मात्रै परेको छ।

निर्वाचन अधिकृतको कार्यालयले गणना कार्यलाई व्यवस्थित र पारदर्शी बनाउन सुरक्षाको कडा प्रबन्ध मिलाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  २ : ०३ बजे

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित