काठमाडौँ-१० को प्रारम्भिक नतिजामा रास्वपाका प्रदीप विष्टको फराकिलो अग्रता « Khabarhub

काठमाडौँ-१० को प्रारम्भिक नतिजामा रास्वपाका प्रदीप विष्टको फराकिलो अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० को मतगणना कार्य जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती चरणमै भारी अन्तर कायम गरेको छ। रास्वपाका उम्मेदवार प्रदीप विष्टले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछि पार्दै अग्रता कायम गरेका हुन् ।

भर्खरै प्राप्त विवरण अनुसार विष्टले १२४३ मतका साथ विजयतर्फको यात्रा सुरु गरेका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्कीले २४६ मत प्राप्त गरेका छन्, जुन विष्टको तुलनामा निकै कम देखिएको छ ।

त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार विनोद श्रेष्ठले १६७ मतका साथ तेस्रो स्थानमा चित्त बुझाएका छन् भने नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार रुपा महर्जनको पोल्टामा २८ मत मात्रै परेको छ।

निर्वाचन अधिकृतको कार्यालयले गणना कार्यलाई व्यवस्थित र पारदर्शी बनाउन सुरक्षाको कडा प्रबन्ध मिलाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  २ : ०३ बजे

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका