स्याङ्जा – स्याङ्जा-२ को मतगणनामा विवाद भएको छ । ८९ वटा मतपत्र निर्वाचन अधिकृतको हस्ताक्षर बिनानै मत खसे भन्दै विवाद भएको हो ।
यो विषयमा निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट निर्णय नआएसम्म मतगणना नगर्ने नेपाली कांग्रेका चापाकोट नगरपालिका सभापति विक्रम सारुले बताए ।
‘राति २ बजे ५९ वटा मतपेटिका गणनास्थलमा सुरक्षित राखेका छौं । सर्वदलीय बैठक बस्नेक्रममा वालिङ नगरपालिकाको एक केन्द्रमा अधिकृतको हस्ताक्षर बिनाकै फर्जी मत खसाएकाले केन्द्रमा मेल पठाएका छौँ । त्यहाँबाट जतिबेला जे निणय आउँछ त्यही गर्छौ’, सारुले भने ।
निर्वाचन अधिकृत श्रीराम थापाले भने यो विषयमा राजनीतिक छलफल चलिरहेको बताए । ‘विवादको विषयमा छलफल गर्दैछौँ । कसरी अगाडि बढ्ने भन्ने निष्कर्षमा पुगेमा खबर गछौँ।’
अघिल्लो निर्वाचनमासमेत स्याङ्जा २ मा मतगणनामा विवाद भएको थियो ।











प्रतिक्रिया