सरकार छाडेर सांसद हुन दौडिएका मन्त्री : कुलमानलाई मुश्किल, अरूको के छ अवस्था ?  « Khabarhub

सरकार छाडेर सांसद हुन दौडिएका मन्त्री : कुलमानलाई मुश्किल, अरूको के छ अवस्था ? 


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी आन्दोलनको मेन्डेटमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका ४ मन्त्रीहरूले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका छन् ।

ऊर्जा मन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदिश खरेल, शिक्षामन्त्री महावीर पुन र खेलकुद मन्त्री बब्लु गुप्ता चुनावी मैदानमा उत्रिएका हुन् ।

चारजनामध्ये सञ्चारमन्त्री जगदीश खरेल र खेलकुद मन्त्री बब्लु गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका छन् । ऊर्जामन्त्री कुलमान घिसिङ उज्यालो पार्टीबाट मैदानमा छन् ।

प्रारम्भिक मतगणनाले सिरहा-१ मा रास्वपाका उम्मेदवार तथा पुर्व खेलकुद तथा युवा मन्त्री  बब्लु गुप्ता १५ सय ९९ मतसहित स्पष्ट अग्रता लिन सफल भएका छन् ।

यस्तै उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामसुन्दर चौधरीले ३ सय ५६ र एमालेका रामाशंकर यादवले १५८ मत पाएका छन् ।

सरकारबाट शिक्षासम्बन्धी कानुन पास नगरिदिएकोमा रुष्ट बन्दै त्रिभुज चिन्हसहित प्रतिस्पर्धामा उत्रिएका  म्याग्दीमा स्वतन्त्र उम्मेदवार तथा पूर्वमन्त्री महावीर पुनले फराकिलो अग्रता निकालेका छन् । हालसम्म आठ हजार ९७५ मत गणना हुँदा पुनले तीन हजार ७४० मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी देखिएका नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले एक हजार ५२८ मत मात्रै ल्याउँदा एक हजार ३२० मतसहित नेपाली कम्युनिस्ट पार्टीका अर्जुनकुमार थापा तेस्रो स्थानमा छन् । नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले एक हजार २८८ मत मात्रै पाएका छन् ।

यता लामो समय कांग्रेसनिकट्स्थ रहेर पनि सरकार छोडेर रास्वपा उम्मेदवार बनेका सञ्चार तथा सूचना मन्त्री खरेललाई ललितपुर-२ का मतदाताले  भारी मत दिएका छन्।

उनले ३ हजार १९९ मत ल्याउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ४९३ मत पाएका छन् । नेकपा एमालेका प्रेमबहादुर महर्जन ४०७ मतसहित तेस्रो स्थानमा छन् । प्रारम्भिक नतिजाले खरेलको जिततर्फ बलियो संकेत गरेको देखिन्छ । 

काठमाडौं-३ मा भने पूर्वऊर्जामन्त्री घिसिङ र रास्वपाका राजुनाथ पाण्डेबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

पछिल्लो मतगणना अनुसार पाण्डेले ६ हजार ५ सय ८४ मत ल्याउँदा घिसिङ ४ हजार २ सय २० मतमा सीमित छन् । दुई हजारभन्दा बढी मतले पछि परेका घिसिङलाई जित निकाल्न चुनौतीपूर्ण देखिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ७ : २८ बजे

मानव सेवालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई केवल शक्ति र

ब्रोड पिक हिमपहिरोमा नेपालीसहित तीन पर्वतारोहीको शव भेटियो

एजेन्सी– पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका १०

‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’

सुदूरपश्चिम– दार्चुलाको नौगाड गाउँपालिका-१ नागुका बासिन्दाले गत फागुन २१ को

सहकारी ठगी मुद्दा छिटो टुंग्याउन मन्त्रालयले माग्यो समर्पित इजलास

काठमाडौं – सहकारी ठगीसम्बन्धी मुद्दाको बढ्दो चापलाई व्यवस्थित गर्दै पीडितलाई छिटो

वाग्मती सफाइ अभियान : ६९०औँ हप्ता पूरा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ