गगनले छाड्दा पनि पराजित भए राजन, तेस्रो हार स्वीकार्दै भने : अबदेखि उम्मेदवार नै बन्दिनँ « Khabarhub

गगनले छाड्दा पनि पराजित भए राजन, तेस्रो हार स्वीकार्दै भने : अबदेखि उम्मेदवार नै बन्दिनँ


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट नेकपा (एमाले) का उम्मेदवार डा. राजन भट्टराईले निर्वाचन परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गरेको बताएका छन्।

भट्टराईले मतदाताको विश्वास जित्न नसकेको स्पष्ट गर्दै विजयोन्मुख उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलाई बधाई दिएका छन्।

उनले निर्वाचनमा सहयोग, समर्थन र साथ दिएका पार्टी कार्यकर्ता, समर्थक र जनसमुदायप्रति आभार व्यक्त गरेका छन्। यो क्षेत्रबाट नेपाली कांग्रेसका गगन थापा सर्लाही ४ मा झर्दा पनि भट्टराई तेस्रो पटक पराजित हुन पुगे ।

विगतका दुई निर्वाचनमा उनी कांग्रेस नेता गगन थापासँग पराजित भएका थिए । तेस्रो पटक यही क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका उनी रास्वपाका पुकार बमसँग पराजित भए । उनी निकटतम् प्रतिद्वन्द्वी पनि हुन सकेनन् ।

भट्टराईले राजनीतिमा पराजय अन्तिम सत्य नभएको उल्लेख गर्दै यसलाई आत्मसमीक्षा र नयाँ पाठ सिक्ने अवसरका रूपमा लिने बताए। उनले आत्मसमीक्षा, सुधार र जनतासँगको सम्बन्ध सुदृढ पार्दै भविष्यमा फेरि विश्वास जित्ने विश्वास व्यक्त गरेका छन्।

उनले आफ्नो व्यक्तिगत निर्णय सार्वजनिक गर्दै आगामी कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी पनि मतदातालाई दिएका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ८ : ०० बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक