गगनले छाड्दा पनि पराजित भए राजन, तेस्रो हार स्वीकार्दै भने : अबदेखि उम्मेदवार नै बन्दिनँ « Khabarhub

गगनले छाड्दा पनि पराजित भए राजन, तेस्रो हार स्वीकार्दै भने : अबदेखि उम्मेदवार नै बन्दिनँ


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट नेकपा (एमाले) का उम्मेदवार डा. राजन भट्टराईले निर्वाचन परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गरेको बताएका छन्।

भट्टराईले मतदाताको विश्वास जित्न नसकेको स्पष्ट गर्दै विजयोन्मुख उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलाई बधाई दिएका छन्।

उनले निर्वाचनमा सहयोग, समर्थन र साथ दिएका पार्टी कार्यकर्ता, समर्थक र जनसमुदायप्रति आभार व्यक्त गरेका छन्। यो क्षेत्रबाट नेपाली कांग्रेसका गगन थापा सर्लाही ४ मा झर्दा पनि भट्टराई तेस्रो पटक पराजित हुन पुगे ।

विगतका दुई निर्वाचनमा उनी कांग्रेस नेता गगन थापासँग पराजित भएका थिए । तेस्रो पटक यही क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका उनी रास्वपाका पुकार बमसँग पराजित भए । उनी निकटतम् प्रतिद्वन्द्वी पनि हुन सकेनन् ।

भट्टराईले राजनीतिमा पराजय अन्तिम सत्य नभएको उल्लेख गर्दै यसलाई आत्मसमीक्षा र नयाँ पाठ सिक्ने अवसरका रूपमा लिने बताए। उनले आत्मसमीक्षा, सुधार र जनतासँगको सम्बन्ध सुदृढ पार्दै भविष्यमा फेरि विश्वास जित्ने विश्वास व्यक्त गरेका छन्।

उनले आफ्नो व्यक्तिगत निर्णय सार्वजनिक गर्दै आगामी कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी पनि मतदातालाई दिएका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ८ : ०० बजे

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र