सर्लाही–४ मा अमरेशले गगनलाई १९ सय ६६ मतले पछि पारे « Khabarhub

सर्लाही–४ मा अमरेशले गगनलाई १९ सय ६६ मतले पछि पारे


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

सर्लाही- प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ८ा. अमरेश सिंहले लिएको प्रारम्भिक अग्रतालाई यथावत राखेका छन् ।

सुरुबाटै अगाडि रहेका अमरेशले अहिले गगनले भन्दा १९ सय ६६ मत धेरै ल्याइसकेका छन् । हालसम्मको गणना अनुसार सिंहले ४ हजार ४९६ मत प्राप्त गरेका छन्।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापति थापाले २ हजार ५३० मत प्राप्त गरेका छन् । यहा नेकपा (एमाले)का अमिनेश कुमार यादवले ६४३ मत पाएका छन्।

यसैगरी जनमत पार्टीका राकेशकुमार मिश्रले ३५८ मत र नेपाली कम्युनिष्ट पार्टीका रजनीश रायले १४० मत प्राप्त गरेका छन्।

गगन काठमाडौं ४ छाडेर यो निर्वाचनमा सर्लाही झरेका हुन् । उता अमरेश माघ ५ गते जनकपुरमा भएको रास्वपाको भेलाबाट प्रवेश गरेका हुन् । २०७९ को निर्वाचनमा अमरेशले यही क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवारलाई हराएका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ८ : ०८ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा