दार्चुलामा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु « Khabarhub

दार्चुलामा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दार्चुला – दार्चुलामा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वदलीय बैठकले बेलुकी ७ः०० बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरे पनि प्राविधिक तयारीका कारण ढिलाइ भएपछि भर्खंरै मतगणना सुरु गरिएको हो ।

जिल्ला सदरमुकाम खलङ्गास्थित महेन्द्र नमूना माविको भवनमा मतगणना भइरहेको छ । सुरुमा जिल्लाको व्यास गाउँपालिका(२ बाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतपेटिका सङ्कलन र व्यवस्थापनको काम सम्पन्न भएपछि मतगणना प्रक्रिया अघि बढाइएको हो ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा दार्चुलामा कुल ५३।७६ प्रतिशत मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभरबाट ४९ हजार ९६८ मतदाताले मतदान गरेका छन् ।

यसैबीच, निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दुर्गम भूगोलका कारण केही उत्तरी क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएको थियो भने अन्य स्थानबाट सुरक्षा निकायको निगरानीमा पैदल तथा सवारीसाधनमार्फत सङ्कलन गरिएको थियो ।

मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको मुख्य निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिए । मतगणना पारदर्शी र निष्पक्ष बनाउन राजनीतिक दलका प्रतिनिधि, निर्वाचन कर्मचारी तथा सुरक्षाकर्मीको उपस्थितिमा गणना भइरहेको उनले बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ८ : २० बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक