झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार « Khabarhub

झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

झापा – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले अग्रता कायम राख्दै मतान्तर बढाएका छन् ।

पछिल्लो सार्वजनिक मत परिणामअनुसार निर्वाचन क्षेत्र नं ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाह १३ हजार ६५४ मतसहित अग्रस्थानमा रहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केपी शर्मा ओलीले तीन हजार ११ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा श्रम संस्कृति पार्टीका समीर तामाङले एक हजार ५१७, नेपाली कांग्रेसकी मन्धरा चिमरियाले ४०३ तथा नेपाली कम्युनिष्ट पार्टीका रञ्जित तामाङले ३७० मत प्राप्त गरेका छन् । शाहले ओलीलाई १० हजार ६४३ मतले पछि परेका छन् ।

निर्वाचन क्षेत्र नं ४ मा रास्वपाका शम्भुप्रसाद ढकाल तीन हजार २१७ मतसहित अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका लालप्रसाद साँवा लिम्बूले ९५२ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका देउकुमार थेवेले ९२४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नं ३ मा रास्वपाका प्रकाश पाठक नौ हजार २६४ मतसहित अग्रस्थानमा छन् । उनी प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले चार हजार ९२४ मत प्राप्त गरेका छन् । पाठकले लिङ्देनलाई चार हजार ३४० मतले पछि पारेका छन् । यस क्षेत्रमा श्रम संस्कृति पार्टीका दीपक तिम्सिनाले दुई हजार ४६३ मत प्राप्त गरेका छन् ।

निर्वाचन क्षेत्र नं २ मा रास्वपाकी इन्दिरा राना मगर १० हजार ४४३ मतसहित अग्रस्थानमा छिन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका देवराज घिमिरेले एक हजार ७०३ मत प्राप्त गरेका छन् । उनीहरूबीच आठ हजार ७४० मतान्तर रहेको छ । यस क्षेत्रमा श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले एक हजार ३५७ तथा नेपाली कांग्रेसकी सरिता प्रसाईंले ९०९ मत प्राप्त गरेकी छन् ।

निर्वाचन क्षेत्र नं १ मा रास्वपाकी निशा डाँगी सात हजार ९४३ मतसहित अग्रस्थानमा रहेका छन् । उनका प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका केवल राईले दुई हजार ५१३ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका केशवराज पाण्डेले एक हजार ९३४ तथा नेकपा एमालेका रामचन्द्र उप्रेतीले एक हजार ६७१ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ९ : १९ बजे

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको